Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुस सुन्तली फाउण्डेसनलाई मेगाड्रिम बहुउद्देश्यीयको सहयोग


२०७६ माघ ११ गते , शनिवार प्रकाशित

बालाजु माछापोखरीमा रहेको मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय आविश्कार केन्द्र र धुर्मुस सुन्तिली फाउण्डेसनलाई सहयोग गरेको छ । संस्थाको दशौं स्थापना दिवसको अवसर पारेर दुईवटै संस्थालाई ५५ हजार ५ सय ५५ रुपैंयाका दरले सहयोग गरेको हो । 

संस्थाले राष्ट्रिय आविश्कार केन्द्रका संस्थापक, नेपाली वैज्ञानिक तथा एसियाको नोवेल पुरस्कारले चिनिने रोमन मेगासासे बिजेता महावीर पून र धुर्मुस सुन्तली फाउण्डेसनका सचिव पुरुषोत्तम हुमागाईंलाई कार्यक्रमका प्रमुख अतिथि स्थानिय विकास राज्यमन्त्री राजवीर श्रेष्ठले एक समारोहकाबीच चेक हस्तान्तरण गरका थिए ।

कार्यक्रममा सहकारी क्षेत्रमा योगदान गरेकोमा केशव बहादुर थापा लगायत विभिन्न व्यक्तित्वका साथै सप्ताहब्यापी रुपमा संस्थाले संचालन गरेका कार्यक्रममा उत्कृष्ठ हुनेहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । 



साताव्यापी कार्यक्रम अन्तर्गत मुख्य कार्यालय बालाजु, कालिमाटी र न्यूरोड सेवाकेन्द्र को संयोजनमा बसन्तपुर एवं चाबहिल र जोरपाटी सेवाकेन्द्रको संयोजनमा पशुपति क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । 

तीन भिन्न स्थानमा आयोजित रक्तदान कार्यक्रममा १८० जनाले रक्तदान गरेको संस्थाका प्रबन्ध सञ्चालक महाशंकर रेग्मीले जानकारी दिए । यसका साथै संस्थाले अन्तर सेवाकेन्द्र फूटसल प्रतियोगिता संचालन गरेको उनले जानकारी दिए । 

संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमल्सिना, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ्ग, बहुउद्देश्यीय सहकारी संघ काठमाण्डौका अध्यक्ष मनोज थापा लगायतका अतिथिहरुले शुभकामना दिएका थिए ।

संस्थामा ११ हजारभन्दा बढी शेयर सदस्य आवद्ध रहेका छन् भने संस्थाको वासलात एक अर्ब ५० करोड पुगेको छ । संस्थाले निकट भविष्यमा नै हरेक सेवा केन्द्रमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने तयारी गरेको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif