Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

नेपाल कम्युनिष्ट पार्टी एमसीसीका बिरुद्ध निस्कियो


२०७६ माघ ११ गते , शनिवार प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीले कमरेड एकदेब आलेको ५१औं स्मृति दिवसको पूर्ब सन्ध्यामा एमसीसीको खारेजीको माग गर्दै देशलाई बिदेशी द्वन्द्वको अखडा बनाउन नहुने कुरामा बिशेष जोड दिएको छ । एकदेब आले सामन्तबाद तथा साम्राज्यवाद बिरोधी आन्दोलनका सशक्त योद्धा हुुनहुन्थ्यो भन्ने उल्लेख गर्दै उहाको स्मरण गर्नु भनेको सबै खाले बाह्य हस्तक्षेपको बिरोध र पराधनिताको पासोबाट देशलाई मुक्त गर्ने संघर्षलाई अघि बढाउनु हो भन्ने कुरा कार्यक्रममा बोल्ने सबै बक्ताहरुले प्रष्ट पारेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सह–संयोजक लोकनारायण सुबेदीले नेपाल र नेपाली जनताको हित नहुने कुनै पनि सम्झौता मान्न नेपाली जनता बाध्य हुने छ्रैनन् । एमसीसी जस्तो गलत सम्झौता संसदबाट पारित गरियो भने त्यो देश र जनताका लागि दुर्भाग्य हुनेछ । त्यसका बिरुद्ध नेपाली जनता  संघर्षमा उत्रिनु सीवाय अरु कुनै बिकल्प  छैन । यो दासता रोज्ने कि स्वाधीनता रोज्ने भन्ने कुरा हो भन्दै उनले आज अमेरिकी साम्राज्यबाद र भारतीय प्रबुत्वबाद नेपाललाई अखडा बनाएर चीनका बिरुद्ध उत्रिन उद्यत छन् । नेपाली जनता लिपुलेक, लिम्पियाधूरा र कालापानी सम्पूर्ण क्षेत्र नेपालको हो र कालपानीबाट भारतीय सेना हट्नु पर्दछ र नेपालको सार्बभौमिकता, अखण्डता र स्वाधीनताको सम्मानका लागि जस्तासुके बलिदानी संघर्ष गर्न पनि आज नेपाली जनता सचेत, संगठित र संयुक्तरुपमा अग्रसर हुनु पर्ने कुरामा जोड दिदै यही नै आजका सत्य हो र कम्युनिष्ट आन्दोनको बास्तबिक सत्य पनि यही नै । झूटा कुरालाई सत्य भनेर सत्ताका लागि चोचोमोचो मिलाउने कुरा नेपाली जनताको सत्य होइन । यो तस्कर, माफिया, भ्रष्टाचारी कालाबजारियाहरुको सत्य हो भनेका थिए  ।यसैले पुष्पलालको बिचार मान्ने सबै क्रान्तिकारी कम्युनिष्टहरु आजको जटील स्थितिमा एकजुट हुनुको बिकल्प छैन । यसका लागि संकीर्णतालाई त्यागेर पुष्पलालको मूलबाटोमा हिड्न सबैलाई आह्वान पनि गरेका थिए 

पार्टीका केन्द्रिय सचिवालय सदस्य आर.बी भण्डारीले सामन्तबाद साम्राज्यबाद र भारतीय एकाधिकार पूँजीवादका बिरुद्ध नेपाली जनतालाई एकताबद्ध तुल्याउन निरन्तर अग्रसर कमरेड पुष्पलालका बिरुद्ध कसरी देशी, बिदेशी प्रतिकृयाबादी शक्ति र आफुलाई कम्युनिष्ट भन्ने एकथरी तप्का निरन्तर अग्रसर भयो त्यसबाट शिक्षा लिदै पुष्पलालको सही बिचारलाई रोक्नु र त्यसबारे भ्रम फैलाउनु भनेको सामन्तबाद र साम्राज्यबादको सेवा गर्नु हो भन्ने कुरा प्रष्ट पारेका थिए । भण्डारीले पार्टीलाई बिचारले सुसज्जित, एकताबद्ध र अनुशासित तुल्याएर सही बाटोमा जनता र राष्ट्रको सेवा हिडाउन सक्ता मात्र कमरेड पुष्पलाल र कमरेड एकदेब आज जस्ता महान क्रान्तिकारी योद्धाको सही किसिमले अनुसरण गरेको मानिने र ठहरिने बताएका थिए । 



सचिबालय सदस्य तथा कार्यालय सचिव रत्नप्रसाद जोशीले उपस्थत सबैको स्वागत कमरेड पुष्पलालको सही नीति र बिचारलाई दृढतासाथ पक्रौंर्, एकता बद्ध होऔं र सही बाटो लागौ  यसरी मात्र क्रान्तिकारीहरुको एकता सफल र सार्थक हुन्छ भन्ने भावना ब्यक्त गरेका थिए । 

  अर्का सचिवालय सदस्य राजेश बान्तबाले जनताका समस्यालाई बुझेर क्रान्तिकारी दिशा पक्रिन अध्ययन, अनुसनधान र संघर्षलाई सन्तुलित किसिमले अघि बढाउन प्रशिक्षण, अन्तरक्रिया र छलफलको आवश्यकता निरन्तर रहन्छ भनेका थिए । 

  सचिवालय सदस्य महेन्द्र जोशीले पार्टीले खटाएको मदजुर, किसान, महिला, बुद्धिजीवी जुनसुकै क्षेत्रमा गएर काम गर्ने प्रतिबद्धता जनाउँदै पुष्पलालको नीतिले मात्र सही दिशा दिन्छ र गन्तब्यमा पुर्याउदछ भन्ने बिश्वासकासाथ एकता प्रकृयामा सामेल भएको बताएका थिए । 

अर्का सचिवालय सदस्य कृष्णहरि भट्टले पुरानो साम्राज्यबादी शक्ति एमसीसीको नाममा  नब औपनिवेशिक दासता थोपर्न नेपाललाई अनुदानको लोभ देखाउदै अग्रसर भएको र त्यसलाई अनुमोदन गर्न अहिलेका सत्ताशालीहरु सबै एकजुट भएकोले नेपालमा साम्राज्यवादी हस्तक्षेप बिरोधी आन्दोलन तीब्र पारिनु पर्ने कुरामा जोड दिदै अबको आन्दोलनमा महिलाहरु अझ बढी सचेत र सघर्षशील हुने आधार बनिरहेको बिश्वास ब्यक्त गरेका थिए ।

  सचिवालय सदस्य तथा महिला नेतृ अखिल नेपाल महिला यूनियनका अध्यक्ष सीता सुबेदीले महिलाहरुलाई सचेत, संगठित र सघर्षशील तुल्याउन पार्टीका सबै तह र तप्तकाले  प्रभावकारी योगदान दिनपर्ने औल्याएकी थिइन् । 
सचिवालय सदस्य एमके अमात्यले कमरेड पुष्पलालका सहयोद्धा एकदेब आलेको अनुसरण गर्न हरेक कमरेडहरुले इमानदार, अनुशासनबद्ध र संघर्षशील एवं पारदर्शी हुनुपर्ने औंलाएका थिए । 
कार्यक्रममा केन्द्रिय सदस्यहरु प्रबीण जोशी, अर्जुन कार्की, तेजबहादर मल्ल, महिला नेतृहरु शशी घिमिरे, रचना शर्मा, शारदा श्रेष्ठ, रमा अर्याल, बिद्यार्थी नेताहरु राजीब खरेल, सन्देश भटराई लगायत अन्य बक्ताहरुले पनि कम्युनिष्ट आन्दोलनलाई देश र जनताको हितमा चलाउन पर्ने भावना ब्यक्त गरेका थिए । कार्यक्रमका शुरुमा ज्ञात अज्ञात शहीदहरुप्रति उच्च सम्मान प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो । 


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif