Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

नेपालमा पनि कोरोना भाइरस संक्रमित रोगी भएको पुष्टी


२०७६ माघ १० गते , शुक्रवार प्रकाशित

चीनमा नयाँ भारस कोरोनाले फैलाएको रोग संक्रमित एकजना चीनबाट आएका यात्री बिरामी नेपालमै उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी प्रकाशमा ल्याएको छ । यो स्थितिलाई मध्यनजर राखी अन्तर्राष्ट्रिय बिमान स्थलमा ३ जना डाक्टर सहीत ८ जना अन्य स्वास्थ्यकर्मीलाई खटाइएको र सतर्कता अपनाइएको समेत जानकारी दिइएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणको रिपोर्टमा ‘कोरोना भाइरस’को संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।


  नेपालमा ‘कोरोना भाइरस’को परीक्षण गर्ने प्रविधि नभएपछि सो भाइरसको आशंका गरिएका ती युवाको स्याम्पल हङकङ पठाइएको थियो ।   केही दिन अघि चीनबाट स्वदेश फर्किएका उनमा ज्वारोको समस्या देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको थियो ।
चीनमा आजसम्म यो कोरोना भाइरसका कारणले २६ जनाको मृत्यु भइसकेको छ भने सयौ बिमारी परेका छन् । चीनमा यस सम्वन्धि सतर्कता अपनाउदै मानिसहरुको आवत जावत  र यातायात बिभिन्न शहरमा बन्देज गरिएको छ । संयुक्त राष्ट्र संघले पनि यस बारे सतर्क रहन सबैलाई आह्वान गरेको ।
   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif