Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

राष्ट्रिय वाणिज्य बैंकले मनायो ५५औं वार्षिकोत्सव


२०७६ माघ १० गते , शुक्रवार प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सव समारोह अर्थमन्त्री डा.युवराज खतिवडाको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी स्तरको रुपमा राष्ट्रिय वाणिज्य बैंक रहने  बताए । उनले राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरिरहेको र अझै प्रतिस्पर्धी बन्नुपर्ने बताए ।

समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेपालको आर्थिक विकासमा रा.वा. बैंकले खेलेको भुमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणी रहेको जनाए ।

बैंकका संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि चालिएको कदमले बैंकका वित्तीय अवस्था, कार्यपद्धती र सेवाको गुणस्तरमा सुधार भएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराए । २०७६ पुस मसान्तसम्म बैंकले १ खर्ब ९७ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैंया कर्जा लगानी गरेको छ । बैैंकले यस अवधिमा खुद मुनाफा २ अर्ब ५ करोड रुपैंया गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए ।

५५ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना भएको यो वैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक हो ।

हाल देशभर बैंकका २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, २८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिंग सेवा संचालनमा रहेका छन् । कार्यक्रममा बैंकको ५५ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क उपहार २०७६ विमोचन गरिएको थियो । कार्यक्रममा  बैंकको सर्वोत्कृष्ठ/उत्कुष्ट कार्य सम्पादन गर्ने शाखा कार्यालयहरुको नाम घोषणा, सर्वोत्कृष्ठ/उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी घोषणा, कर्मचारी सम्मान कार्यक्रम, बैंकका २० वर्ष सेवा पुरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

कार्यक्रममा ५५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान, प्रभातफेरी, विभिन्न खेलकुद कार्यक्रमहरु केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा शाखा कार्यालयहरुमा संचालन भएका थिए । 


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif