Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

कोरोना भाइरसले गर्दा चीनका बिभिन्न शहरमा यातायातमा बन्देज


२०७६ माघ १० गते , शुक्रवार प्रकाशित

    चीनमा बिज्ञानले अहिलेसम्म पत्तो लगाइनसकेको कोरोनाभाइरसका कारण कम्तीमा २५ जनाको ज्यान गइसकेको र ६ सय भन्दा धेरै सङ्क्रमित भएको अबस्थामा नयाँ भाइरस सङ्क्रमणको त्रासका बीच एकपछि अर्को गरी तीनवटा ठूला शहरमा यातायात सेवामा बन्देज लगाइएको छ ।     यो नयाँ घातक कोरोना भाइरस फैलनबाट रोक्न १ करोड १० लाख जनसङ्ख्या भएको वुहान शहरका साथै कुल ८५ लाख जनसङ्ख्या भएको ह्वाङ्ग गाङ्ग तथा इजौ शहरमा पनि यातायातमा बन्देज लगाइएको समाार प्रकाशमा आएको छ । त्यहाँका बासिन्दालाई शहरबाहिर नजान पनि भनिएको छ।
 
ती पछिल्ला दुवै सहर सङ्क्रमणको केन्द्रमा रहेको वुहान नजिकै रहेको बताइएको छ ।वुहानमा यस अघि नै यातायातमा बन्देज लगाइसकिएको थियो।   यने कोरोनाभाइरसको सङ्क्रमण रोक्न चीनको वुहानमा सबै उडान, रेल तथा बस सेवाहरु पनि बन्दछन्      चीनको वुहान शहरका मेयरले त्यहाँ फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने काममा अधिकारीहरूले तदारुकता देखाउन नसकेको कुरा स्वीकारेका छन्। उनले अधिकारीहरीहरूलाई उक्त भाइरसको खतरा र त्यो यस्तो तीव्र गतिमा फैलिएला भन्नेबारे थाहा हुन नसकेको पनि प्रष्ट पारे ।


  यतिबेला वुहानमा शहरभित्रका र चीनका अन्य भागमा आउने(जाने सार्वजनिक यातायात स्थगन गरिएको छ । हाल त्यो भाइरस चीनको अन्य भाग र विदेशमा पनि फैलिसकेको छ। हाल यो भाइरसलाई 2019-nCoV भनेर चिनिन्छ।

  यो कोरोनाभाइरसको यस अघि कतै पनि मानवमा सङ्क्रमण गरेको नपाइएको प्रकार भाइरस हो।   यस अघि सन् २००० को दशकको सुरुमा ८०० जनाको ज्यान लिएको सार्स भाइरस वा सामान्य रुघाखोकी पनि कोरोनाभाइरसकै सङ्क्रमण हुन् भनिएको छ । 

  चिनीयाँ अधिकारीहरूका अनुसार पछिल्लो भाइरस वन्यजन्तुको अवैध कारोबार गरिने वुहानको सीफुड बजारमा पहिलोपटक भेटिएको थियो।   यो वर्षको सुरुदेखि नै त्यो बजार बन्द छ। यो भाइरस मानिसबाट मानिसमा पनि सर्न सक्ने कुरा पनि पुष्टि भइसकेको छ । त्यसैले यसको संक्रमण बढ्ने भएकोले यातायाता र आवातजावतमा समेत बन्देज गरिएको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif