Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

प्रातस्मरणीय चार अमरशहीदहरुप्रति हार्दिक शब्द श्रद्धाञ्जली !


२०७६ माघ १० गते , शुक्रवार प्रकाशित

    काठमाण्डौ / एकतन्त्री जहानियाँ राणा शासन बिरोधी नेपाली जनताको आन्दोलन प्रस्फूटन गराउन ठूलो ऊर्जा, उत्साह र अग्र गति दिने ९७ सालको शहीद पर्व नेपालको गौरबमय इतिहासमा स्वर्णाक्षरले अंकित छ । जुन शहीद पर्वमा चार महान शहीदहरु — शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालाल—लाई फाँसी दिने र गोली ठोक्ने दमनकारी काम गरेर मध्ययुगीन सामन्ती निरंकूश जहानियाँ राणा शासनको आयु लम्ब्याउने असफल प्रयास राणा शासकहरुले गरेका थिए ।

तर ती अमर शहीदहरुको उत्सर्गले राणा शासन बिरोधी आन्दोलनलाई काठमाण्डौ उपत्यकाबाट बाहिर नेपालभरी मात्रै होइन प्रवासमा समेत पनि फैलाइदियो । स्वदेश तथा बिदेशबाट समेत अझ संगठित र सचेत रुपमा राणाशाही बिरोधी आन्दोलन ब्यापक हुदै र फैलिदै जान थाल्यो ।अन्तत २००७ सालमा एकतन्त्री राणा शासनको अन्त्य भयो । तर ती अमर राष्ट्रिय बिभूतिहरुको महान शहादतले अझै पनि सार्थकता पाएको छैन । उनीहरुले देखेको सम्पन्न, सुखद र सन्दर नेपाल र नेपाली जनताको उत्कट सपना अभैm पनि पूरा हुन सकेको छैन । राजनीतिक नेतृत्वमा आएको बिचलन, चरित्रहीनता, संकीर्ण स्वार्थ र घोर सत्ता लोलुपताले गर्दा देश र जनताप्रतिको समर्पण, निष्ठा र त्यागको भावना नै समाप्त भएर गएको छ । आज त देशको स्वाधीनता, सार्बभौमिकता र स्वतन्ता नै खतरामा परेको छ ।

त्यसैले, आम नेपाली शोषित उत्पीडित जनताको सचेत एकता र शतत संघर्ष बिना अब शहीदका अधूरा सपनाहरु पूरा हुने स्थिति बन्न नसक्ने यथार्थ बोध गर्दै तथा लाखौं लाख झोपडीरुको एकता र तिनीहरुको हक हित नै नेपालको आजको सन्दर्भमा राष्ट्रियता र जनबाद हो भन्ने कुरालाई गम्भीर मनन गर्दै  प्रातस्मरणीय चार महान शहीदहरुलाई उच्च सम्मान तथा शब्द श्रद्धाञ्जली ब्यक्त गरौ !  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif