Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

बीर शहीदहरुलाई उच्च सम्मानकसाथ नमन !


२०७६ माघ ९ गते , विहीवार प्रकाशित

      आज महान अमर शहीद शुक्रराज शास्त्रीलाई टेकु पचली नजिकको खरी बोटमा झुण्ड्याएर एकतन्त्री हुकुमी शासक राणाशाहीले मृत्युदण्ड दिएको अबिस्मरणीय दिन हो ।    राणा शासनको बिरोध गर्ने र उनीहरुको गाथगादी ताक्नेहरुलाई  क्रूरताकसाथ मारिन्छ भनेर रुखमा झुण््याएर राणा शासकले शास्त्रीजीलाई फाँसीमा झुउण्ड्याको थियो ।  उनीहरुको साशन सत्ताको बिरोध गर्ने जो कोहीलाई यसरी नै मारिन्छ भनेर सर्ब साधारण नेपाली जनतालाई दमनकै भरमा तर्साउन उनीहरुले खोजेका थिए र यसरी सार्बजनिकरुपमा फाँसी दिने काम गरेक थिए ।    तर शहीद शुक्रराज शास्त्रीका पिता माधवराज शास्त्रीले महान मृत्यु बरण गरेका अमर शहीद शुक्रराज शास्त्रीको खुट्टा ढोक्दै ‘‘यो मेरो छोरो मात्र होइन, देशको महान सपूत हो’’ भन्दै आम सर्बसाधारणलाई बीर शहीदको शहादतप्रति सम्मान जनाउन उत्साहित गरेका थिए र जनतालाई निडर हुन आह्वान गरेका थिए ।  
  नेपाली जनताको जनतान्त्रिक हक अधिकारको स्थापना तथा उनीहरुको सुनिश्चित, सुन्दर र सुखमय जीवनको लागि प्राणोत्सत्सर्ग गरेका प्रातस्मरणीय  ती महान सपूतहरुको सपना अझै पनि पूरा भएको छैन । अमर शहीदहरुको सम्मानमा दिने गरेको राष्ट्रिय  बिदालाई बिना बिकल्प हटाएर अहिलेको सत्ताले पनि शहीदहरुकाप्रति कुनै साँचो र सार्थक सम्मान गरे गर्न सकेको छैन ।    १९९७ साल माघ १० गते शुक्रराज शास्त्री, १३ गते धर्मभक्त १५ गते दशरथ चन्द र गंगालाले उच्च र अमर शहादत गरेका हुन् । अमर शहीदहरुको अबिस्मरणीय योगदानलई नेपाली जनताले युगयुगसम्म सम्मन गरिरहने छन् र उनीहरुको सपनालाई साकार पार्न तथा राष्ट्र, राष्ट्रियता, जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता तथा सर्बतोमुखी समुन्नतिका निमित्त संघर्षशील रहिरहने छन् । बीर शहीदहरुलई उच्च सम्मानका साथ हार्दिक नमन ! ो थुप्रो 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif