Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

काठमाडौ मलको जिम्मेवारी 'दिवा सपना जेभि'लाई


२०७६ माघ ९ गते , विहीवार प्रकाशित

पर्यटकीय आकर्षण केन्द्र बनाउने सञ्चयकोषका कार्यकारी गौतमको घोषणा         

काठमाडौ । कर्मचारी संचय कोषको स्वामित्वमा रहेको काठमाडौ सुन्धारास्थित काठमाडौ मल  दिवा सपना जे.भि.ले आजदेखि व्यवस्थापन करारको जिम्मेवारी लिएको छ । काठमाण्डौ मल व्यवसायी संघले कर्मचारी संचय कोषवाट व्यवस्थापन जिम्मा पाएको दिवा सपना जे.भि.लाई आज एक समारोहका बीच स्वागत गरेको छ । स्वागत कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै कर्मचारी सञ्चय कोषका प्रमुख कार्यकारी अधिकृत  तुलसी प्रसाद गौतमले राजधानी काठमाण्डौको केन्द्र भागमा रहेको मललाई  पर्यटकीय आकर्षणको केन्द्र वनाउने वारे कोषमा छलफल भइरहेको हुँदा सोही अनुरुप आफूलाई उत्साहित वनाएर समय अनुसार ग्राहकको मन जित्ने गरी व्यवसाय सञ्चालनगर्न मलका व्यवसायीहरुलाई आग्रह गरे । १५ वर्ष अघि नेपालको आकर्षक मल निर्माण गरिएको भएतापनि अहिलेको समयको माग अनुसार मललाई आकर्षक वनाउन ढिलो भसकेकोले तत्काल सौन्दर्यकरण गर्ने योजना रहेको श्री गौतमले वताए । हाललाई ५ वर्षको निम्ति व्यवस्थापन करार गरेको भएतापनि राम्रो व्यवस्थापन गरेर देखाएमा व्यवस्थापन करारको समय थप गर्न सकिने पनि  गौतमले जानकारी दिए ।


  दिवा सपना जे.भि. को परियोजना प्रमुख विष्णुहरि ढकालले मलका व्यवसायीहरु, व्यवस्थापन पक्ष र कोष तीनै पक्षको साझा उद्देस्य व्यापार बृद्धि गर्नु रहेको बताए । उनले व्यापार बृद्धिको लागि मलको आकर्षण र मल भित्रका विशेषताहरु प्रमुख विषय भएको हुँदा तीनै पक्षको सामूहीक प्रयास र सकारात्मक पहलवाट उद्देस्य प्राप्त गर्न सकिने विचार व्यक्त गर्नुभयो । दिवा सपना जे.भी. क वर्गको प्रतिष्ठित कम्पनी भएको हुँदा सबै व्यवहार पारदर्शी  व्यवसायीक र सहमतिमा आधारित हुने हुँदा मलका व्यवसायीहरुलाई निर्धक्कसीत व्यवसाय बृद्धिमा लाग्न अनुरोध गरेका थिए । कार्यक्रममा कर्मचारी सञ्चय कोष सम्पत्ति व्यवस्थापन विभाग प्रमुख  भरत वस्तीले मलको वि ब्लक धरहरा निर्माणको क्रममा भत्कने भएकोले त्यसमा व्यवसाय गरेर वसेका व्यवसायीहरुलाई मर्का परेको विषयमा कोष गम्भीर रहेको र कोषको तर्फवाट राहात स्वरुप सहयोग गर्ने विषयमा आवश्यक छलफल भइरहेको वताए ।      काठमाडौ मल व्यवसायी संघको तर्फवाट मन्तव्य राख्दै संघका सचिव कक मुरारी कोइरालाले वरीपरीका मल लगायत व्यापारको अवस्था अध्ययन गरेर वजार मूल्यमा राहत हुने गरी भाडा निर्धारण गर्न र मललाई आकर्षक एवं सुविधा सम्पन्न वनाउन माग गरे । कोइरालाले ब्लक वि का व्यवसायीसाथीहरुलाई कोषको तर्फवाट राहत प्याकेज घोषणा गर्नुपर्ने र व्यवस्थापन जिम्मा लिएको दिवा सपना जे.भि.ले ए ब्लकको खाली रहेको स्थानमा वि ब्लकका इच्छुक व्यवसायीहरुलाई प्राथमिकता दिनुपर्ने माग गर्दै व्यवस्थापन पक्षलाई संघले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif