Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

उखु किसान भुक्तानी नपाएर जिल्ल पुनः संघर्षमा लाग्न बाध्य


२०७६ माघ ९ गते , विहीवार प्रकाशित

 
उखु किसानको बक्यौता रकम पाउने अन्तिम दिन माघ सात गते बितिसक्दा पनि सरकारले गरेको सम्झौता अनुरुप किसानले उखुमिलबाट रकम भुक्तानी पाउन नसकेर किसानहरु फेरि जिल्लिएका छन् । बास्तबमा अहिलेसम्म उखुख किसानले चिनी मिलहरुबाट १ अर्ब २० करोड बक्यौता रकम पाउनु पर्नेमा केवल १५ करोड मात्र प्राप्त गर्न सकेका छन् । बर्षौदेख िआफ्नो उत्पादनको रकम नपाउदा किसानहरु बिचल्लीमा छन् भने मिलमालिकहरुले कुनै वास्तवा गरिरहेका छैनन् । अति सरकार पनि सम्झौता अनुसार मिलवालाहरुसँगबाट किसानले पाउनुपर्ने उखुको मूल्य दिलाउन असफल भएको छ ।


  अहिलेसम्म पनि सर्लाहीको बागदहमा रहेको महालक्ष्मी सुगर मिलले रु १० करोड, अन्नपूर्ण सुगर मिल धनकौलले रु. ३५ करोड श्रीराम सुगर लिल रौतहटले रु. ४२ करोड र नवल परासीको इन्दिरा सुगर मिलले रु.९ करोड उखु किसानलाई मुक्तानी दिन बाकी रहेको छ । सरकारले दिएको लिखित बचन फेरि पनि पूरा नभएको प्रति उखु किसानहरु दुःखी र आक्रोशित पनि छन् । अब आन्दोलन सीवाय आफ्नो लगानी उठाउने अर्को कुनै उपाय नभएको निष्कर्शमा उनीहरु पुगेका छन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif