Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

बैज्ञानिक बिकासले मानिसहरुको बिचार र ब्यवहार बदल्दै


२०७६ माघ ८ गते , बुधवार प्रकाशित

  आजको बिश्वमा बैज्ञानिक प्रबिधिहरुले हामी मानिसलाई नयाँ जीवन पद्धतिका आधारमा चल्न र  बाच्न बाध्य पारिरहेका छन् । हुन पनि मानिसहरुले हिजो ले कहिल्यै सोचेकासम्म पनि थिएनन् कि यस्तो तीब्र गतिको सञ्चार क्रान्ति हुने छ र यसले सम्पूर्ण मानिसको जीवन चर्यालाई अपूर्व किसिमले प्रभावित गर्ने छ । सर्सरी मात्र भन्नु पर्दा एक दशक पहिलासम्मको मात्रै पनि स्थिति हेर्ने हो भने इण्टरनेटको उपयोग गर्ने यसका ‘यूजर’हरु सीमित मात्र थिए । तर आज इण्टरनेट हाम्रो जीवनको एउटा अभिन्न र अनिबार्य आवश्यकताको बस्तु बनिसकेको छ । आउदो समयमा पनि हामीलाई नयाँ संसारका कृयाकलापतर्फ तीब्र गतिमा लैजान अझ उन्नत बैज्ञानिक प्रयत्नहरु  भइरहने छन् ।  उदाहरणका लागि केही बैज्ञानिक प्रबिधिहरुमाथि यहाँ बिचार गर्न सकिन्छ । भबिष्यका यस्ता अनेक बज्ञानिक बिचारहरु हामीलाई नयाँ ब्यबहारिक क्रान्तिको दिशामा लैजानका लागि तयार छन् र तयार हुँदैछन् । 
  अब त जस्तो कि प्रयोगशालाहरुमा मासु तयार गरिने छ । पशु पाल्ने आवश्यकता रहँने छैन  अर्थात हामी पशुपंक्षीहरुबाट टाढा हुनेछौं । एउटा यस्तो समय पनि आउन सक्ने छ जुन बेला हामी खसीको मासु खाँदै गरेका हुन्छौ त्यतिबेला हामीलाई त्यो खसीको आकार पनि थाहा हुदैन । किनकि मासुको उत्पादन प्रयोगशालामा त्यसको एउटा टिस्यू(तन्तु)को बृद्धिबाट गरिएको हुन्छ र खसी या बाख्राको आवश्यकता नै पर्दैन । यस कार्यबाट त्यो झण्झटको पनि अन्त्य हुन्छ जहाँ — कुन धर्मकोले के मासु कसरी खाने या नखाने भनेर बिबाद र झगडा उठ्ने र काटमारसम्म चल्ने गर्दछ । एउटा अनुमानका अनुसार एक किलोग्राम मासु प्राप्त गर्नका लागि दुइ सय गुणा बढी भूमि र तीस गुणा पानीको आवश्यकता पर्दछ । आज बिश्वमा ८० प्रतिशत खेतीयोग्य जमिनको आवश्यकता पशुपंक्षी पालनाका निमित्त हुने गरेको तथ्यांक छ । 

           आउँदा दिनमा बैज्ञानिक उपलब्धी र प्रगतिको माध्यमले कारको चालकको सीटमा मानिसको आवश्यकता पनि रहँदैन । यस सम्वन्धमा अहिले के अनुमान गरिदैछ भने बिश्वमा ९० प्रतिशत दुर्घटनाहरु चालककै गल्तीबाट हुने गरेका छन् । केही पुरानो अर्थात् २०१३ को एउटा तथ्यांक अनुसार बिश्वमा ११ लाख मानिसहरुको मृत्यु सडक दुर्घटनाबाट हुने गर्दछ । यसका अतिरिक्त अब पृथ्बीमा मात्र होइन,रत्नहरुको उत्खनन बैज्ञानिक प्रबिधिको सहायताले आकाशमा आकाशीय पीण्डहरुमा समेत हुन सक्नेछ जस्तो कि सुक्ष्म (क्षुद्र) ग्रहहरुको या एस्टेर्वाइहरुमा खननको काम हुनेछ र त्यसबाट अत्यन्तै मूल्यबान धातुहरु निकालिनेछन् । अत्याधुनिक प्रबिधिको माध्यमबाट यो कार्य सम्पादन हुन सक्नेछ । त्यस्ता धातुहरुमा मूख्यतः सुन र प्लेटेनियम पर्दछन् । ग्रहहरुमा पानी पनि छ । त्यस पानीको रकेटको इन्धनमा प्रयोग हुन सक्तछ ।  एउटा प्लेटिनियम सम्पन्न ५०० मीटरको क्षुद्र ग्रहबाट बर्तमानमा निकालिने गरेको भन्दा १७५ गुणा बढी प्लेटोनियम प्राप्त हुन सक्तछ । यद्यपि यस्ता ग्रहहरुको पहिचान गर्ने कार्य एउटा ठूलो दुष्कर र निकै नै चूनौतिपूर्ण कार्य हो बर्तमानमा । तर पनि बैज्ञानिहरु यस कार्यमा लागिरहेका छन् र यो सफल हुने अपेक्षा गरिरहेका छन् । उनीहरुबाट पहिला त्यो सुक्ष्म या क्षुद्र गहमा रोबोटलाई उतार्ने र फेरि तिनबाट खनन उत्खनन सम्पन्न गरेर पृथ्बीमा फिर्ता ल्याउने पनि ठूलो कठिनाईले भरिएको काम हुनेछ ।    एउटा अर्को कार्य जुन भबिष्यमा ब्यबसायिकरुपमा नै हुन गइरहको भनिन्छ त्यो हो – समुद्रको पानीबाट स्वचछ ऊर्जा र इन्धन प्राप्त गर्ने कार्य । यसका लागि पनि अत्याधुनिक बैज्ञानिक प्रबिधि बिकिसत गरिदैछ । यस कार्यमा ऊर्जाको प्राप्ति नाभिकीय फ्यूजनद्वारा गरिन सकिने बताइएको छ। यसबाट कुनै रेडियो एक्टिभ फोहोरको उत्पादन पनि हुनेछैन र स्वच्छ ऊर्जा प्राप्ति सम्भव हुने भनिएको छ । यसबाट जुन फोहोर मैला(वेस्ट) उत्पन्न हुन्छ त्यो हिलियम भन्ने बस्तु हुनेछ जुन बिषैलो हुँदैन । आज भोली न्यूक्लियर पावर प्लाण्टबाट जुन परमाणु ऊर्जा बैज्ञानिक र प्राबिधिज्ञहरुल पैदा गरिरहेका छन्  त्यसबाट वेस्ट(फोहोर मैला)को रुपमा रेडियोएक्टिभ पदार्थहरु त्पन्न हुने गर्दछन् अनि त्यस्ता तत्वहरु पग्लिनाले बातावरण पनि प्रदुषित हुने र प्रदुषण फैलिन गर्दछ । तर अहिले यस्तो बिषैलो फोहोर मैला निस्कन नदिन यस सम्वन्धि प्रयास पनि  एकदम जोडतोडले चलिरहेको छ ।     अझ अर्को थप के कार्य हुन गइरहेको छ भने आउने समयमा हरेक ब्यक्तिका लागि बैंकिङ्ग आवश्यकता हुनेछ । इण्टरनेट र मोबाइल फोनका माध्यमबाट पैसाको लेनदेन हुनेछ ।  अहिलेको  डिजिटल सिस्टमलाई अझ आधुनिक र उन्नत बनाए त्यसलाई अझ बहुआायमिक किसिमले ब्यापकरुपमा उपयोगमा ल्याइनेछ । यसबाट निम्न आय बर्गका मानिसहरुले सजिलैसँग साना ब्यवसाय गर्न सक्नेछन् भनिदैछ  । अहिले बिश्वमा २ अर्ब प्रौढ उमेरका मानिसहरुको बैंकसँग सिधै सरोकार र सम्पर्क रहेको छैन । तर आज समयको के माग हुन थालेको के छ भने सबैभन्दा गरीब मानिसको पनि इण्टरनेटसँग सम्पर्क हुनु आवश्यक छ र त्यसो भएमा मात्र ‘क्यास लेस’ अर्थात् ‘मुद्राबिहीन’ प्रणालीलाई बल मिल्न सक्नेछ । आउदो समय पूर्णरुपले यो प्रणाली नयाँ बैज्ञानिक गतिबिधिका साथ अघि बढ्ने स्थिति बन्ने छ । अनि यस सम्बन्धि बिगतका पुराना कार्य प्रणालीहरु समाप्तिको दिशामा जानेछन् ।        यस आउँदा दिनमा बैज्ञानिक बिकासको यो बिन्दूमा प्रबिधिले सम्पूर्ण मानिसहरुको जीवनलाई सञ्चालन गर्ने आश्चर्यलाग्दो स्थिति बन्दैछ । आज समयको गर्भबाट यस्ता सारा सम्भावनारुले जन्म लिइरहेका छन् जुन आम मानिसको सोचभन्दा बाहिरका कुरा छन् नै तर समयको चपेटामा परेर उनीहरुले पनि तिनलाई अपनाउन बाध्य हुनु पर्नेछ अर्थात् यस्तो समय आउँदैछ जुन समयमा प्रबिधिको ‘दास’ जस्तो बन्नु पर्ने स्थिति बन्दैछ । त्यो समय अब त्यत्ति धेरै टाढा पनि छैन । जस्तो भन्ने गरिन्छ कि हाम्रा आवश्यकताहरु नै हाम्रो आबिष्कारका जननी हुन् । हामी हाम्रा आवश्यकता दू्रत गतिले बिकासकातर्फ अभिमुख भएर चलिरहेका छौं र यसको भरपाई बैज्ञानिक मस्तिष्कद्वारा सकार तुल्याउन मानिसहरु हर समय तयार रहेका छन् । पुराना प्रबिधिहरु पछि छुटिसकेका या छुटिरहेका छन् अनि नयाँ प्रबिधिलाई हामी तुरुन्तै अपनाउन बाध्य बनिरहेका छौं । कस्तो लाग्दछ र प्रष्ट छ भने अब यस्तो प्रबिधिको अबलम्बन नगरीकन जीवन नै सम्भव छैन । आज पृथ्वीबाट अर्को ग्रहमा जानका लागि कुनै त्यस्तो दूरीको कुरा पनि भएन । साथै बैज्ञानिकहरुले अरु ग्रहलाई पनि पृथ्बीलाई जस्तै बस्न योग्य बनाउने खोज अनुसन्धान पनि निरन्तर  गरिरहेका छन् । यसरी हामी संसारभरीकै मानिसहरु अब एउटा छुट्टै नयाँ संसारम बिचरण गर्न गइरहेका छौ ।    तर यो पृथ्वीमा जुन असमानता, गरीबी, अभाव र असुरक्षा आज पनि असैह्यरुपमा बिद्यमान छ त्यसको निराकरण भएन भने बिज्ञान र प्रबृधिको बिकास पनि बहुसंख्यक मानिसहरुका लागि बरदान नहुन सक्ने सम्भावना जुन छ त्यसको अनिबार्यरुपमा अन्त्य आवश्यक छ । अनि मात्र सारा संसार सुन्दर किसिमले सुखद दिशामा निरन्तर अघि बढ्ने बातावरण बिकसित हुन्छ । अन्यथा बिज्ञान र प्रबिधिले ल्याउने सहज र सह जीवनको यथार्थ पनि आम जन समुदायका लागि केवल ‘माछो माछो – भ्यागुतो मात्र भएर रहनजाने छ । त्यसैले अब केही मुठ्ठीभर मानिसहरुलाई मात्र बिज्ञान र प्रबिधिको अधिपति बन्न दिने हिजोको जस्तो  स्थिति रहनु हुदैन । यस स्थितिको अन्त्य अनिबार्य छ । अनि मात्र बिज्ञान र प्रबिधिले साच्चो किसिमले यथार्थमा मानबताको सेवा गर्न सक्दछ । यो एकदमै अनुभवसिद्ध र सत्य कुरा हो ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif