Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

तराई-मधेशका पर्यटन स्थलहरु राज्यद्वारा उपेक्षित : ग्लोबल संयोजक सर्राफ


२०७६ माघ ७ गते , मंगलवार प्रकाशित

   अंकुश श्रीवास्तव । कपिलवस्तु   
   मधेश भ्रमण भए मात्र भिजिट नेपाल २०२० सफल हुने भिजिट मधेश अभियानकर्ताहरुले जोड दिएका छन । तराईका २२ जिल्ला मध्ये १२ जिल्लामा भिजिट मधेश २०२० को उदघोष गर्दै १३औं जिल्ला कपिलवस्तुका पर्यटकीय स्थलहरुको प्रचारप्रसार तथा प्रवर्धन गर्न हामी आफै लाग्नु पर्ने भिजिट मधेश संस्थाका राष्ट्रिय संयोजक ओम प्रकाश सर्राफको भनाई थियो । कार्यक्रमको प्रमुख अतिथिमा मुस्लिम समुदायबाट प्रदेश ५ का स्थानीय तह मध्ये नगरउपप्रमुखमा निर्वाचित सबनम खातुनले कृष्णनगर नगरपालिकाले यस क्षेत्रको पर्यटन प्रवर्धनमा लगानी गर्दै आएको र  अगामी दिनमा पनि सहयोग र सहकार्य गरिराख्ने प्रतिवद्धता ब्यक्र गरिन् । 

  कार्यक्रममा लायन्स क्लबका ड्रिस्ट्रिक गर्भनर दिनेशचन्द्र गुप्ताले गुनासो पोख्दे कपिलवस्तु लगायत मधेशका विभिन्न  जिल्लाका पर्यटकीय स्थलहरुमा नेपाल सरकारको ध्यान जान नसकेका कारण समाजिक, आर्थिक तथा भौतिकरुपमा पछाडि परिएका छौं भनी अभियानकर्ता तथा भिजिट मधेशका ग्लोबल संयोजक प्रमोदराज सर्राफलाई ध्यानाकर्षण गराएका थिए ।त्यसतै नेपाल सरकारले अष्ट्रेलिया, अमेरिका लगायतका देशबाट लाख पचास हजार पर्यटक ल्याउन क्याम्पेन गर्नुभन्दा विश्वको दोस्रो ठुलो जनसंख्या रहेको भारतका पर्यटकलाई अकर्षित गर्ने व्यवस्थान गरे भिजिट नेपाल २०२० सजिलै सफल हुने समाजबादी पार्टीका प्रदेश ५ प्रवक्ता अकरम र पठानले बताए ।

चर्चित टिभि कार्यक्रम लोकस्टार सिंग्ङि आईडलको पांचौ स्थानमा पुगेका गीतकार तथा भिजिट मधेशका कल्चरल एम्बेसडर रविराज साहले अभियन्ता आनन्द गुप्ता रचित गीत “चलो मधेश, घुमो मधेश“ सुनाई कार्यक्रमलाई मनोरन्जित पारेका थिए भने उर्दुको सायरीसंगै मन्तव्य राख्दै मदरसा बोर्डका प्रदेश ५ उपाध्यक्ष मौलना महसुद नेपालीले भिजिट मधेश अभियानमा मुस्लिम समुदायको कला ,संस्कृति तथा धरोहरलाई समेत समेटना जोडदार माग गरेको थिए ।

      कार्यक्रममा समाजबादी पार्टीका केन्द्रीय सदस्य रामबरण यादव,उद्योग वाणिज्य संघ कृष्णनगरका सचिव पंकज गुप्ता, शिक्षक अनिल श्रीवास्तव,वडाध्यक्ष संजय गुप्ता,भारतीय संचारकर्मी ञअजय गुप्त , बिकास सिंह, पवन यादव लगायत स्थानिय संचारकर्मी,सुरक्षा निकायका प्रतिनिधि एवं जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

  संचारकर्मी सनिउल्लाह धोबीको संचालन रहेको कार्यक्रमको अध्यक्षता जिल्ला सयोजक अंकुश श्रीवास्तवले गरेको थियो ।      

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif