Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

क. बिजयराज गौतमको स्मृति दिवसको सन्दर्भमा


२०७६ माघ ७ गते , मंगलवार प्रकाशित

```````      नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समितिका सदस्य तथा पुराना बामपन्थी नेता बर्दिया गुलरिया निवासी बिजयराज गौतमको यही २०७३ माघ ३ गते ६९  बर्षको उमेरमा असामयिक दुःखद निधन भएको थियो  ।  उहाँको जन्म २००४ साल कार्तिक ४ गते भएको थियो  । गौतम मृगौला सम्बन्धि बिमारी परेर लामो समयदेखि उपचाररत रहेका थिए ।



        नेपालको बामपन्थी तथा जनतान्त्रिका आन्दोलनका एक अग्रणी योद्धा खाशगरी पश्चिमाञ्चलमा दिबंगत गौतम लामो समयदेखि सुपरिचित थिए । पञ्चायती ब्यवस्था  तथा राजतन्त्र बिरोधी सबै आन्दोलनमा लामो समयदेखि कम्युनिष्ट पार्टीका बिभिन्न तहमा रहेर काम गर्दै आएका गौतम नयाँ जनवादी क्रान्तिको सफलता बिना देश र जनताको भबिष्य सुन्दर, सुरक्षित र सफल बनाउने बैज्ञानिक समाजवादी दिशामा देशलाई अघि बढाउन सकिदैन भन्ने कुरामा अत्यन्तै दृढ र स्पष्ट थिए । उनले पुष्पलालको बाटो नै हाम्रो देशको स्वाधीनता, राष्ट्रियता तथा  राष्ट्रिय सार्वभौमिकताको रक्षा र जनजीबिकाको बिकास तथा समुन्नतिको मूल बाटो हो भन्ने प्रष्ट मत राख्दथे ।




        पार्टीलाई कुनै ब्यक्ति वा नेताको पुच्छर नबनाइ सही नीतिमा चल्ने  र आम जनताको हित गर्ने पार्टी बनाउनु पर्ने र यसका लागि बद्लिदो परिस्थिति अनुसार पार्टीलाई कमरेड पुष्पलालले दिशा निर्देश गरेको बाटोमा  चलाउन सकेमा मात्र बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने कुरामा उनी एकदमै स्पष्ट थिए । उनले पञ्चायती कालमा आजका कतिपय जीबित नेता र कतिपय दिवंगत नेताहरुलाई पार्टी सदस्यता दिएर कम्युनिष्ट पार्टीमा आवद्ध गराएका थिए । 

  प्रचारमा नआउने तर मौन कार्यकर्ताकोरुपमा कुनै न कुनै किसिमले पार्टी गतिबिधिमा  क्रियाशील रहिरहने  दिबंगत गौतमले पार्टीबाट कहिले कुनै कुराको माग गरेनन् । अनुशासन,सचेतना र एकताको लागि मात्र  सदा सर्बदा पार्टी र जनताका लागि  योगदान  मात्र दिइरहे । धनी किसान परिवारमा जन्मिएर पनि नेपाली सर्बहारा बर्गको समग्र मुक्तिका निमित्त उनी आजीवन समर्पित रहे ।  उनी बिरामी भएर बिछ््यौनामा परेका बेला पनि देश र जनताको नाजुक अबस्था फेर्न, पार्टीलाई सुदृढ तुल्याउन भेट्न आउने नेता तथा कार्यकर्ताहरुलाई सम्झाउने गर्दथे । दृढ इच्छा शक्ति भएका गौतम बिरामीबाट यति चाडै जीवन लिला समाप्तहुने कुरामा कत्ति पनि बिश्वस्त थिएनन् । तर उनको शरिरीक अबस्थाले उनलाई साथ दिइरहेको थिएन । उनले मृत्युलाई जित्न अथक प्रयत्न गरे तर हार खाएनन् । यद्यपि मृत्युले उनलाई अठ््यायो ।

आज उनको ठूलो अभाव नेपालको जनवादी तथा बामपन्थी आन्दोलनमा खट्किएको छ । दिबंगत क्रान्तिकारी नेता गौतमप्रति आज उनको ठूलो अभाव नेपालको जनवादी तथा बामपन्थी आन्दोलनमा खट्किएको छ । दिबंगत क्रान्तिकारी नेता गौतमप्रति नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समितिको तर्फबाट देहाबसानको चौथो पुण्य तिथिको अवसरमा हार्दिक श्रद्धा सुमन ब्यक्त गर्दै क. गौतमको निधले पु¥याएको क्षतिलाई पूर्ति गर्न  आज सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट पंक्तिहरु नेपाली जनतासँग एकाकार भएर देशको कम्युनिष्ट तथा जनबादी आन्दोलनमा देखापरेका  सबै किसिमका अबसरवादी, भ्रष्ट र बिचलनकारी प्रबृत्तिका बिरुद्ध संघर्षरत रहन ज्वलन्त आबश्यकता रहेको औल्याएको छ ।  यसरी मात्र दिबंगत नेता गौतमप्रति सच्चा श्रद्धाञ्जली पनि हुने उल्लेख गरेको छ । कमरेड बिजयराज अमर रहुन् !  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif