Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

आठ मृतक भारतीय पर्यटकको पहिचान खुल्यो मृत्युको कारण खुलेको छैन


२०७६ माघ ७ गते , मंगलवार प्रकाशित



ग्यास हिटर बालेर झ्याल नखोली सुतेकाले निस्सासिएर मरेको हुन सक्ने अडकल

काठमाडौं । पर्यटकीय स्थल मकवानपुरको थाहा नगरपालिकाको  दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा आज बिहान  फेला परेका र हेलीकोप्टरबाट काठमाण्डौको ह्याम्पस अस्पतालमा भारतीय ८ जना पर्यटकहरुको  उपचारका क्रममा मृत्यु भएको उनीहरुको  पहिचान खुलेको छ । तर मृत्युको कारण भने अझै पनि प्रष्ट भएको छैन ।

मृत्यु हुनेमा केरलाको तिरुवनन्तपुरमका ३८ वर्षीय प्रवीणकृष्ण नायर, ३५ वर्षीया शारण्य शशि र उनीहरूका सन्तान ९ वर्षीया श्रीभद्र, ७ वर्षीया आर्चा प्रवीण, ५ वर्षीय अभिनव नायर छन् । त्यसैगरी ३४ वर्षीय रञ्जित कुमार टीबी, ३४ वर्षीया इन्द्र लक्ष्मी र उनीहरूका २ वर्षीय छोरा वैष्णवको मृत्यु भएको प्रहरीले जनाएको छ ।



      नेपाल प्रहरीका अनुसार १५ जनाको समूहमा अघिल्लो हप्ता घुम्नका लागि भन्दै उनीहरु नेपाल आइपुगेका र  पोखरा लगायतका ठाउँहरुको भ्रमण गरेपछि हिजो सोमबार साँझ मात्रै उनीहरु दामनस्थित एभरेस्ट पानोरमा रिसोर्ट पुगेका थिए । मृतक ८ जना रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए ।

  त्यो पानोरमा रिसोर्टमा सुत्दा उनीहरुले ग्यास हिटर प्रयोग गरेका थिए । कोठाका सबै झ्याल र ढोकाहरु बन्द गरी ग्यास हिटर बालेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।   अहिलेसम्म उपचारमा संलग्न चिकित्सकहरुले भने उनीहरुको मृत्युको कारणबारे केही खुलाएका छैनन् । उनीहरुको पोष्टमर्टमा पछि मात्र मृत्युको बास्तविक कारण खुल्ने प्रहरीले बताएको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif