Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

खाद्य तथा गैर खाद्य दुबै बस्तुको मूल्य बृद्धि आकाशिदो – राष्ट्र बैंक


२०७६ माघ ६ गते , सोमवार प्रकाशित

 आकाशिदो मूल्य बृद्धि 

काठमाण्डौ । राष्ट्र बैकले हिजो प्रकाशित गरेको पाँच महिनाको समग्र आर्थिक तथा बित्तीय स्थितिको प्रतिबेदन अनुसार खाद्य तथा गैर खाद्य दुबै बस्तुहरुको मूल्य बृद्धि आकासिएको देखिएको छ । तदनुसार खाद्य तथा पेय पदार्थको करिब १० र गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ४.१० प्रतिशत बढेपछि मंसिरमा मूल्य वृद्धिदर अकासिएको छ ।    एक महिना पहिला मंसिरमा बजार भाउ (मूल्य वृद्धिदर) ६.५५ प्रतिशत बढेको यसमा उल्लेख छ । गत वर्षको यसै पाँच महिनाको तुलनामा यो करिब २.८४ प्रतिशत विन्दुले बढी मूल्य बृद्धि हो । उक्त अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिदर करिब १० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ४.१० प्रतिशत बढेपछि मंसिरमा मूल्य वृद्धिदर अकासिएको राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको पाँच महिनाको समग्र आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख गरेको छ ।      


सार्बजनिक प्रतिबेदन अनुसार ‘तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च’ रहेको छ । राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘शिक्षा, लुगा तथा जुत्ता र फर्नि्सिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ ।’ पाँच महिनाको अवधिमा बजार मूल्य वृद्धिदरमा निकै उतारचढाव देखियो । गत साउनमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ६.९५ प्रतिशत थियो । भदौमा केही घटेर ६.१६ प्रतिशत रहेको मूल्य वृद्धिदर असोजमा ६.२१ प्रतिशत रह्यो । कात्तिकमा फेरि यस्तो वृद्धिदर घटेर ५.७६ प्रतिशतमा झरेको थियो । त्यो सुधार धेरै दिन टिकेन । कात्तिकमा मूल्य वृद्धिदर ०.७९ प्रतिशत विन्दु बढेर ६.५५ प्रतिशतमा उक्लिएको त्यो प्रतिबेदनले भनेको छ।


  हुन त बजारमा मूल्य वृद्धिदर निरन्तर बढ्नु नयाँ कुरा होइन र वस्तु तथा सेवाको मूल्य दिनहुँजसो उच्च दरले बढिरहेको छ । विगतमा पनि यस्तै थियो । तर विगतमा सरकारी तथ्यांकले मूल्य वृद्धिदर बढेको पुष्टि गर्न अप्ठ्यारो थियो । किनकि तथ्यांकमा मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहँदै आएको थियो । चालु आर्थिक वर्षको आरम्भसँगै परिस्थिति बदलिएको र यस वर्षका बितेका सबै महिनामा मूल्य वृद्धिका तथ्यांकहरु पनि बढेर आएका छन् । तथ्यांकले बजार भाउ अचाक्ली महँगिएको पुष्टि हुने विज्ञहरू उल्लेख गर्दछन् ।

असर 

यसरी मूल्य वृद्धि हुँदा सरकारद्वारा लक्षित आर्थिक वृद्धिदर प्राप्तिमा पनि असर पर्ने उनीहरू औंल्याउँदछन् । यो वर्ष सरकारले साढे ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ । त्यो लक्ष्य प्राप्तिका लागि सरकारी खर्च बढाउनुपर्ने र त्यसले मूल्य वृद्धिमा झनै दबाब पार्ने पनि विज्ञहरू प्रष्ट्याउँदछ । यो मूल्य बृद्धि आन्तरिकभन्दा पनि बाह्य कारणले भएको र त्यसको दबाबमा रहेको विज्ञहरू उल्लेख गर्दछन्  ।

  बितेको पछिल्ला  महिनामा हामीसँग खुल्ला सीमा भएको छिमेकी  भारतमा मूल्य वृद्धि बढ्दो क्रममा रहेको छ । त्यसको साझो असर पनि नेपालमा  परेकाले मूल्य वृद्धि अकासिएको बताइन्छ । हाम्रो अर्थतन्त्र समग्र र त्यसमा पनि मूलतः ब्यापार अधिकांश भारत केन्द्रित रहिरहेकाले त्यहाँको मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव यहाँ पनि पर्ने गरेको छ । आयात पनि सबैभनदा बढी भारतबाटै हुने गरेकोले यो स्थितिमा मूल्य वृद्धि तत्काल घट्ने सम्भावना छैन । जसले गर्दा  आउँदा दिनमा नेपालको मूल्य वृद्धि पनि थप दबाबमा रहन सक्ने  राष्ट्र बैंक अनुसन्धान बिभागका प्रमुख गुणाखर भट्टले बताएका छन् ।

्सार्बजनिक राष्ट्र बैंकको प्रतिबेदन  अनुसार गत मंसिरमा तरकारीको मूल्य वृद्धिदर सबैभन्दा बढी ४२.२१ प्रतिशत छ । यस्तै मसलाको मूल्य वृद्धिदर करिब १५ प्रतिशत, मदिराजन्य पेयपदार्थको १०.०४ प्रतिशत, सुर्तीजन्यको ९.७१ प्रतिशत र फलफूलको ८.६० प्रतिशत बढेको छ । गत वर्षको तुलनामा रक्सीजन्य पेयपदार्थ र सुर्तीजन्य वस्तुको बाहेक गत मंसिरमा उल्लिखित सबै वस्तुको मूल्य वृद्धिदर बढेको देखाइएको छ । यी वस्तुहरुलाई खाद्य तथा पेय समूहमा राखिएको छ ।   यद्यपि खाद्यको तुलनामा गैरखाद्य वस्तुको मूल्य वृद्धिदर भने कम मात्र बढेको छ । मंसिरसम्म लुगा तथा जुत्ताको मूल्य ५.४४ प्रतिशत, घरायसी सामग्रीको ४.६० प्रतिशत र शिक्षाको ५.९४ प्रतिशतले बढेको छ ।

भुक्तानी सन्तुलनामा सुधार

गएको आर्थिक वर्षका सबै महिना ऋणात्मक रहेको भुक्तानी सन्तुलन (शोधनान्तर) यो वर्षको पाँचौं महिनामा पनि बचतमा देखिएको छ । देशमा भित्रिने र बाहिरिने मुद्राको अवस्था मापन गर्ने महत्वपूर्ण सूचक शोधनान्तरलाई । देशबाट बाहिरिनेभन्दा भित्रिने रकम धेरै भएमा शोधनान्तर ऋणात्मक हुन्छ । बाहिरिनेभन्दा भित्रिने रकम धेरै भएपछि शोधनान्तर स्थिति बचतमा हुन्छ ।

  प्रतिबेदन अनुसार मंसिरमा शोधनान्तर २३ अर्ब ३० करोड रुपैयाँले बचतमा छ । यद्यपि कात्तिकको तुलनामा शोधानान्तर बचत थोरै घटेको छ । अघिल्लो वर्षको पाँच महिनामा यो ८५ अर्ब ३२ करोड घाटामा थियो । ‘अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पाँच महिनामा ७५ करोड १ लाखले घाटामा रहेकामा समीक्षा अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

  त्यसरी नै गत वर्षको तुलनामा यो वर्ष वैदेशिक ऋण सहायता परिचालन दोब्बरभन्दा बढी पुगेको छ । चालु आवको पाँच महिनामा ३४ अर्ब ५ करोड रुपैयाँ वैदेशिक ऋण सहायता परिचालन भएको छ । यो ऋण परिचालन गत वर्षको सोही अवधिमा १५ अर्ब ७६ करोड रुपैयाँ थियो । यही कारण यो वर्ष शोधनान्तर स्थितिमा सुधार भएको राष्ट्र बैंकले जनाएको छ ।   यसरी शोधनान्तर स्थितिमा सुधार भए पनि चालु खाता घाटामा भने सुधार आउन सकेको छैन । राष्ट्र बैंकका अनुसार गत मंसिरमा चालु खाता ७० अर्ब ३२ करोड घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब १९ अर्ब ३३ करोड थियो ।

बिप्रेषण ३ खर्ब ७७ अर्ब

गएको मंसिरमा रेमिट्यान्समार्फत ३ खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ नेपाल भित्रिएको र गत वर्षको तुलनामा यो ०.१ प्रतिशत बढेको छ । अघिल्लो वर्षको मंसिरमा रेमिट्यान्स आप्रवाह ३१.९ प्रतिशत बढेको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स ०.७ प्रतिशत वृद्धि भएको  राष्ट्र बैंकले बताएको छ, । यस्तो आप्रबाह बितेको वर्ष  १९.२ प्रतिशत बढेको थियो ।

निक्षेपभन्दा कर्जा बढी
 

बितेको  मंसिर महिनामा पनि बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन दरभन्दा कर्जा वृद्धिदर उच्च छ । पाँच महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ४.० प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशत बढेको थियो । वार्षिक विन्दूगत आधारमा ०७६ मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप १५.६ प्रतिशत बढेको छ ।

  मंसिरसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा ६.२ प्रतिशत बढेको छ । अघिल्लो वर्षको त्यसै अवधिमा यस्तो कर्जा १०.२ प्रतिशत बढेको थियो । वार्षिक विन्दूगत आधारमा ०७६ मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा पनि १५ प्रतिशत बढेको प्रतिबेदनले जनाएको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif