Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

चन्द्रागिरि साकोसले दहचोक नमुना साकोसलाई एकिकरण गर्ने


२०७६ माघ ५ गते , आईतवार प्रकाशित

काठमाण्डौ पश्चिम क्षेत्रको एक उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाएको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थामा र चन्द्रागिरि नगरपालिकाकै वडा नं १ दहचोकमा रहेको दहचोक नमुना बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने सम्झौता भएको छ । 

दुई संस्थाबीच भएको एकीकरणको सहमती अनुसार दहचोक नमुना चन्द्रागिरिमा गाभिने भएको हो । दुवै संस्थाको सञ्चालक तथा लेखासुपरिवेक्षण समितिको उपस्थिति चन्द्रागिरिका अध्यक्ष शिवशंकर मानन्धर र दहचोक नमुनाका अध्यक्ष युवराज सिग्देलकाबीच १७ बुँदे एकीकरण सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

एकीकरण पश्चात हाल दहचोक नमुना साकोसको कार्यालय रहेको स्थानमा चन्द्रागिरि साकोसले आफ्नो सेवा केन्द्र स्थापना गरि त्यस क्षेत्रका समुदायलाई प्रभावकारी सेवा प्रदान गर्ने जनाइएको छ ।


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif