Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

बेपत्ता भएको चार कोरियाली र तीन पथप्रदर्शक अझै भेटिएनन्


२०७६ माघ ५ गते , आईतवार प्रकाशित

   काठमाडौं । गएको  विहीबवार अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शक अझै भेटिकएका छैनन् । गएको शुक्रवार त्योे क्षेत्रमा परेको भारी  हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका नौ कोरियन नागरिकको टोलीका अन्य पाँच कोरियाली पर्यटकलाई भने हिजै शनिवार हेलिकप्टरबाट उद्धार गरिएको बताइएको थियो ।
  अन्नपूर्ण माछापुच्छ्रे आधार शिविर, छुमरुङ, देउराली र हिमालयन लगातका विभिन्न स्थानबाट अलपत्र परेका सय भन्दा बढीलाई पनि तीन वटा हेलिकोप्टरबाट हिजो शनिवार नै उद्धार गरिएको बताइएको छ ।

  पर्यटकलाई बाटो देखाउने यो शिबिरबाटसम्पर्कविहीन रहेका नेपालीहरुमा गाइडहरुमा सरोज परियार र छिरिङ भोटे तथा भरिया मिनबहादुर लामा समेत ३ जना रहेका छन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif