Tuesday, 14 July, 2020    |    २०७७ असार ३० गते , मंगलवार

साहुको ऋण


२०७६ माघ ५ गते , आईतवार प्रकाशित



— शशी श्रेष्ठ

रोधीघरमा सँगसँगै गाउँदै
साकेलामा हात समाइ नाचेका हामी..
बिरामी छोराको दबाई खर्च जुटाउन
तुइनको लठ्ठामा झुन्डिएर,
साहुको नुन बोकी,
तमोर खोला काट्नै लाग्दा
तिम्रो जिर्ण शरीर,
झ्वाम्म खोलामा
नुनको ढाकरसँगै बिलायो, प्रतक्षदर्शी म।


वर्षौँ बितिसक्यो,
सयौँ ढाकर सामान
ओसारिसकेँ
तर त्यो ऋण
वर्षहरुसँगै बढेको बढ्यै छ ।


उता, "भो,
दबाइ चाहिँदैन
,
तिमी आऊ" भन्दा भन्दै

छोराले पनि
बोली बिसायो।

यी सबै,
आँखा अगाडिका दृश्य
म्झि ल्याउँदा
त्यो उर्लँदो भेलमा
तिमी बगेर आउँछौ र झरिरहन्छन्
मेरा आँखाबाट
ती नुनजस्तै
नुनिला आँशुहरु
तप्प , तप्प , तप्प । ।
               

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif