Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी(मार्क्सबादी) एकता सम्पन्न


२०७६ माघ ४ गते , शनिवार प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (मार्क्सबादी) बीच एकता भएर आज नेपाल कम्युनिष्ट पार्टी पुनर्गठित भएको छ । कमरेड पुष्पलालको क्रान्तिकारी दृष्टिकोण, बिचार, सिद्धान्त र नीतिमा दृढतापूर्वक गोलबन्द हुने क्रममा यो एकता प्रकृया अघि बढेको हो ।  एकताले कमरेड पुष्पलालको क्रान्तिकारी धारको रक्षा र बिकास गर्न तथा  सम्बृद्ध तुल्याउन चाहने सबै क्रान्तिकारी कम्युनिष्टहरुमा थप उत्साह र ऊर्जा प्रदान गर्ने बिश्वास एकता घोषणा सभामा नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले ब्यक्त गरे । 


 
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका संयोजक ऋषि कट्टेलले औचित्यहीन फूट र बिभाजनका गतिबिधिबाट मुक्त भएर कम्युनिष्ट आन्दोललाई सार्थक दिशामा लैजान कमरेड पुष्पलालको मार्गदर्शनमा अथक किसिमले अग्रसर हुनु पर्ने आवश्यकता औल्याएका थिए । सत्ताधारी संशोधनबादी कम्युनिष्ट नमधारीहरुले नेपाली जनता ठूलो भ्रममा पारेको र कम्युनिष्ट आन्दोलनलाई गुमराह गरेको औल्याएका थिए ।


 
संहसंयोजक लोकनारायण सुबेदीले किसानका समस्या हल गर्ने, देशको स्वाधीनताको रक्षा, राष्ट्रियताको जगेर्ना गर्ने र बैज्ञानिक समाजबादको पृष्ठभूमि तयार गर्ने कार्य कमरेड पुष्पलालले दिएको मजदुर बर्गको नेतृत्वमा किसान मजदुर एकताको आधारमा  नयाँ जनबादी कार्यक्रमले मात्र गर्न सक्तछ र त्यो क्रान्ति सम्पन्न नभई बैज्ञानकि समाजबादको दिशामा एक पाइला पनि अघि बढ्न सकिदैन भन्ने प्रष्ट पारेका थिए । 


 
अर्का सह संयोजक अम्बिका प्रसाद ठैबले अनर्थकारी टुटफूट र बिभाजनबाट शिक्षा लिएर  सबै क्रान्तिकार कम्युनिष्टहरु एकजुन हुनुको कुनै बिकप्ल नभएको उल्लेख गर्दै संकीर्णताबाट मुक्त भएर एकजुट भइ अघि बढ्न आह्वान गरेका थिए ।  
 

एकता पछि १४ सदस्यी केन्द्रिय सचिवालय र ८३ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति निर्माण भएको छ । यसले आगाी चैत्र समान्तभित्रमा राष्ट्रिय सम्मेलन गरी जल्दा बल्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्याहरुको बिश्लेषण र बिवेचनाकासाथ नीति र नेतृत्व चयन गर्ने दिशा लिएको छ । तत्काल केन्द्रिय सचिवालयको बैठक बसेर कार्य बिभाजन तथा जन बर्गीय संगठनको एकीकरणका कार्य सम्पादन गर्ने कुरा घोषणा सभामा औंल्याइएको थियो । 



   
नेपाल कम्युनिष्ट पार्टीका संयोजक ऋषि कट्टेलको अध्यक्षता सह–संयोजक लोकनारायण सुबेदीको सञ्चालनमा सम्पन्न एकता घोषणा सभामा  सह संयोजक अम्बिका प्रसाद ठैबले एकता घोषणाका बूदाहरु पढेर सुनाएका थिए ।

कार्यक्रममा अखिल नेपाल ट्रेड यूनियनको  तर्फबाट केन्द्रिय इञ्चार्ज कृष्णहरि भट्ट, र ड महेन्द्र जोशी, अखिल नेपाल किसान यूनियनको तर्फबाट अध्यक्ष लोकनारायण सुबेदी, अखिल नेपाल महिला यूनियनको तर्फबाट संयोजक सीता सुबेदी, अखिल नेपाल बिद्यार्थी यूनियनको तर्फबाट बिद्यार्थी नेता मनिस भटराई,  एकता सहजीकरण अभियन्ता एकलाल श्रेष्ठहरुले पनि शुभकामना दिदै कमरेड पुष्पलालको बिचारले मात्रै नेपाली कम्युनिष्ट आन्दोलनलार्य सही दिशा र गति दिन सक्छ भन्ने कुरामा जोड दिएका थिए ।




कमरेड पुष्पलालको क्रान्तिकारी दृष्टिकोण, बिचार, सिद्धान्त र नीतिमा दृढतापूर्वक गोलबन्द हुने क्रममा यो एकता प्रकृया अघि बढेको हो ।  यसले कमरेड पुष्पलालको क्रान्तिकारी धारको रक्षा र बिकास गर्न तथा  सम्बृद्ध तुल्याउन चाहने सबै क्रान्तिकारी कम्युनिष्टहरुमा थप उत्साह र ऊर्जा प्रदान गर्ने बिश्वास एकता घोषणा सभामा नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले ब्यक्त गरे ।


 
एकता घोषणा सभा कार्यक्रमको शुरुमा कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत गाइएको थियो भने नेपाली कम्युनिष्ट आन्दोलनका सर्बोच्च क्रान्तिकारी नेता कमरेड पुष्पलालको तस्वीरमा पुष्र्पाण गनिुका साथै नेपालको कम्युनिष्ट तथा जनान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्नु हुने ज्ञात सम्मूर्ण शहीदहरुप्रति मौन धारणको सम्मान ब्यक्त गरिएको थियो ।त्यसपछि कम्युनिष्ट पार्टीको झण्डालाई उच्च उठाएर एकता घोषणालाई सम्मान गरिएको थियो ।



कार्यक्रमको बीचमा अर्जुन कार्कीले क्रान्तिकारी गीत गाउनु भएको थियो र समधुर स्वरकी धनी सीता निरौलाले कार्यक्रमको अन्त्यमा राष्ट्रिय भावधाराका गीत सुनाएर सबैलाई मन्त्रमुग्ध पारेकी थिइन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif