Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

नब सामन्तहरुले भ्रष्टाचारबाट सम्पत्ति कमाउछन्


२०७६ माघ ४ गते , शनिवार प्रकाशित

प्रो. इम्तियाज अहमद
बरिष्ठ राजनीतिक समाजशास्त्री   फ्रान्सका प्रसिद्ध विद्वान आन्द्रे मालरोले जवाहरलाल नेहरुसँगको भेटमा उनलाई सोधेका थिए कि प्रधानमन्त्रीको हैसियतले देशको सबैभन्दा ठूलो समस्या भारतका अगाडि के छ ? नेहरुले उत्तर दिएका थिए सामन्तबादी समाजमा कुन किसिमले समानता कायम गर्ने यही नै ठूलो चिन्ताको बिषय छ । आज नेहरु जीबित हुन्थे भने उनले के जबाफ दिने थिए होला ?     सामन्तबाद यस्तो सामाजिक ब्यवस्था हो जसमा समाजमा उत्पन्न हुने सम्पत्तिमा केही मुठ्ठीभर मानिको आधिपत्य हुने गर्दछ भने जुन जन साधारणले त्यो सम्पत्ति सिर्जना गर्दछन् तर त्यसमाथि उनीहरुको कुनै अधिकार र अपनत्व हुदैन । यस ब्यवस्थालाई सबल बनाउनका लागि सामन्त बर्गका वरिपरी केही यस्ता रीति रिवाजहरु स्थापित गरिएका हुन्छन् जसले गर्दा सामन्त बर्गको दबदबा कायम रहन्छ ।     पहिला जब राजा राजमहलबाट बाहिर निस्कन्थे सारा जनताले सडकमा निस्केर शीर निहुराउँदै खडा हुनुपर्ने गर्दथ्यो । एउटा सामन्त जब अर्को सामन्तसँग भेटघाट गर्दथे तिनको ब्यवहार तिनको हैसियतबाट निर्धारित हुन्थ्यो । अग्रेज शासकले यस ब्यवस्थामा कुनै परिवर्तन गरेनन् । केवल आफुलाई ती सामन्त बर्गभन्दा माथि राखे ।  यस श्रेणीकरणको सबैभन्दा राम्रो उदाहरण नया दिल्ली हो । पहाडी क्षेत्रको उच्चाईमा भाइसरायको महल र राजपथको दुबै तिर हिन्दूस्थानी सामन्तहरुको महल उनीहरुको हैसियत अनुसार बने । दरबारहरुमा पनि अग्रेजी शासक तथा हिन्दूस्तानी सामन्तहरुलाई यस्तै प्रकारले बस्ने ब्यवस्था हुन्थ्यो । यसबाट स्पष्ट हुन्छ कि सामन्तबादी ब्यबस्थाको एउटा भिन्नै स्तरीकरण रहेको थियो जबकि समाज भने जातीय  स्तरीकरणका आधारमा संगठित थियो । आज पनि दुबै प्रकारको स्तरीकरण जीवित छ । यद्यपि राजा महाराजाहरु भने समाप्त भएका छन् ।     भारतले स्वाधीनता प्राप्त गरेपछि पुराना सामन्तहरुको ठाउँमा नया राजनेताहरु आए तर समाजको संगठन ज्यूँकात्यूँ कायम राखियो । संबिधान लागु भए पछि पनि चाहे कानुनको नजरमा सबै बराबर भनिएको किन नहोस् यथार्थमा पुरानो ब्यवस्था जस्ताको तस्तै कायम रहिरह्यो । आज सामन्त बर्ग त्यही हो जसले मँहगो  बिलाशी गाडीमा पुलिसको तामझामका साथ सवारी चलाउने गर्दछ भने जनता सडकका दुबै किनारामा कयौं घण्टादेखि प्रतिक्षा गर्दै उसको बाटो हेरिरहेका हुन्छन् । यद्यपि आज एउटा परिवर्तन आवश्य आएको देखिन्छ । पुराना सामन्तहरु आफुसँग एउटा परम्परालाई लिएर शासन र हुकुम चलाउने गर्दथे । आजका सामन्तहरु अपराध बढाइरहेका छन् । तथ्यांकहरुले के प्रष्ट पार्दछन् भने आज ठूलो संख्यामा संसद सदस्यहरु र बिधायकहरु माथि कुनै न कुनै किसिमको अपराधमा संलग्न भएको आरोप लागेको हुन्छ । यसरी ठूलो संख्यामा सामन्तहरुको उपस्थितिले परिस्थिति यतिसम्म बिग्रेको छ कि सरकार र उच्च न्यायालयले पनि उनीहरुलाई संसद बाहिर राख्न असफल भइरहेका छन् । एउटा अर्को परिवर्तन भ्रष्टाचारलाई लिएर भएको छ  ।
     त्यो के भने अहिलेका सामन्तसँग कुनै सम्पत्ति बिरासतबाट आएको हुदैन । त्यसैले तिनको हैसियत बढाउनका लागि भ्रष्ट तरीकाले सम्पत्ति एकत्रित गर्ने गर्दछन जसले गर्दा आफ्ना समर्थकहरुको संरक्षणमा त्यसलाई बितरण गर्न सकियोस् र आफ्नो हैसियत यसरी बढाएर सम्मान आर्जन गर्न सकियोस् । यसरी आफ्ना मित्रहरुलाई देखाउन सकियोस् कि आफु कत्रो ठूलो सामन्त हो । यी सबै कुराले जनता  त हैरान छन् । यसलाई भ्रष्टाचार समाप्त पारेर मात्र बद्लिन सकिन्छ ।    प्रो. इम्तियाज अहमद, बरिष्ठ राजनीतिक समाजशास्त्री         

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif