Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

क्यूआर कोडमार्फत कारोबार गरे दुबई ट्रिप जित्ने मौका


२०७६ माघ २ गते , विहीवार प्रकाशित

फोन पेले क्यूआरमार्फत कारोबार गर्ने ग्राहक र व्यापारीका लागि आकर्षक उपहार योजना ल्याएको छ । 

अवसरमा फोन पेले आकर्षक उपहार, क्यासव्याक, मोबाईल फोन तथा विदेश यात्रा गर्न पाइने योजना ल्याएको हो । 

फोन पेका सदस्य बैंक तथा इसेवा मार्फत, नेपालभर रहेका क्युआर मार्फत भुक्तानी गर्ने ग्राहक तथा क्युआर भूक्तानी लिने व्यापारी यस उपहार योजनामा विजेता बन्न सक्नेछन् । 

यो उपहार योजना ग्राहक र व्यापारीका लागि ६ महिनासम्म लागु हुनेछ । बिजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना लक्की ड्र मार्फत विजेता सार्वजनिक गरिनेछ । दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । 

यस्तै पाँच जना व्यापारीले आकर्षक उपहार प्राप्त गर्नेछन् । हरेक हप्ता १ जना ग्राहक र १ जना व्यापारीले २५ हजार रुपैयाँ बराबरको मोबाईल फोन जित्न सक्नेछन् । हरेक महिना १ जना ग्राहक र १ जना व्यापारीले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिप जित्ने ग्राहक र व्यापारीले अन्य थप ३ जनालाई पनि दुबर्ई ट्रिपमा लैजान पाउनेछन् । उपहार योजना जुन महिनासम्म सञ्चालन हुनेछ । 

यस उपहार योजनामा दैनिक ५ जना ग्राहक र व्यापारी गरी कुल १८ सय १० जनाले उपहार पाउनेछन् । यसैगरी साप्ताहिक दुई जनाका दरले ५० जना र प्रत्येक महिना २ जनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् । 

फोन पेका हाल ७५ हजार भन्दा धेरै व्यापारी रहेका छन् भने नेपालभरका ५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाका ८० लाख मोबाईल बैंकिङ सदस्य रहेका छन् । फोनपेले सदस्य बैंक तथा वित्तीय संस्था मार्फत थप नेटवर्क बिस्तार गर्दै लगिरहेको छ ।
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif