Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

प्रा.डा. गोपाल शिवाकोटी अस्वस्थ


२०७६ माघ १ गते , बुधवार प्रकाशित

राजनीति शास्त्रका प्राध्यापक प्राडा गोपाल शिवाकोटी यतिबेला ओम अस्पतालमा उपचाररत रहेका छन् । उनको उपचारमा डा भोला रिजाल लगायतको सात जनाको समूह सक्रिय छ ।

हाल पिसाबसम्बन्धी समस्या देखापरेर आईसियुमा भर्ना भएका शिवाकोटी मधुमेह, किड्नी, स्नायु, आँखा, प्रेसर जस्ता रोगसँग विगत बीस बर्षदेखि जुझिरहेका छन् । बामपंथी राजनीतिक बिश्लेषक, पत्रकार, लेखक तथा विचारक शिवाकोटीले त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका हुन् । 

२०५९ किड्नी प्रत्यारोपण गरेपछि हालसम्म उनका दुई दर्जनभन्दा बढी पुस्तकहरु प्रकाशनमा आइसकेका छन् । राजनीतिक शव्दकोष, सम्पदा कोष, किराँत, थारु मगर गुरुङ, खस आदि जातिका अलगअलग पुस्तक, त्रिविका पाठ्यक्रममा आधारित पुस्तक, राजनीतिसँग सम्बन्धित पुस्तक, विश्व र नेपालका प्रमुख विचारधारासँग सम्बन्धित पुस्तक, न्याय, परराष्ट्र र सेवासँग सम्बन्धित पुस्तकहरु र राजनीतिक बिष्लेषणसंग सम्बन्धित पुस्तकहरु रहेका छन् । नेपाल रुस मैत्री समाजका महासचिव रहेका शिवाकोटीले परराष्ट्र सम्बन्धमा बामशक्तिको भूमिका विषयमा विद्यावारिधि गरेका हुन् । 

उनी पूर्व एकिकृत माओवादी पार्टीका सल्लाहकार परिषद्का सदस्य समेत रहेका थिए । शिथिल अवस्थामा पुगेका शिवाकोटीको अहिले भने कसैले खोजबिन नगरेको प्रति परिवारजनको गुनासो रहेको छ । "काम पर्दा एक मिनेट नछाड्ने तर काम गर्न नसक्ने भएपछि वास्तै नगर्ने प्रवृत्ति विडम्बनापूर्ण " उनीहरुको भनाई थियो ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif