Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

राष्ट्रिय वाणिज्य बैंकद्वारा माइती नेपाललाई सहयोग


२०७६ पौष २९ गते , मंगलवार प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गौशाला स्थित माइती नेपालको संरक्षणमा रहेका महिला तथा वालबालिकाहरुको लागि न्यानो कपडा, गलैंचा र आवश्यक विभिन्न सामग्रीहरु प्रदान गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बौद्ध, गौशाला र मैतिदेवी शाखा कार्यालयहरुले संयुक्त रुपमा एक कार्यक्रमबीच उक्त सामग्री वितरण गरेको जनाएको । 

कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइराला, माइती नेपालका अध्यक्ष विश्वराम खड्का, बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेत, शाखा कार्यालय गौशालाका प्रबन्धक बेदप्रसाद खनाल, शाखा कार्यालय मैतिदेवीका प्रबन्धक कपिल कार्की र शाखा कार्यालय बौद्धका प्रबन्धक सुरेश सापकोटा लगायत माइती नेपालका संरक्षणमा रहेका महिला तथा वालबालिकाहरुको उपस्थिति रहेको थियो । 

माइती नेपालकी संरक्षक अनुराधा कोइरालाले बैंकले गरेको सहयोगको लागि धन्यवाद दिएकी थिइन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif