Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

आर्थिक बर्ष २०७५/७६ मा ४ अर्ब ५ करोड भ्रष्टाचार


२०७६ पौष २९ गते , मंगलवार प्रकाशित

गएको आर्थिक बर्ष २०७५/७६ मा मात्रै  ४अर्ब ५ करोड ३७ लाख भ्रष्टाचार र अनियमित भएको प्रतिबेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको छ ।

अख्तियारले राष्ट्रपति बिद्यादेबी भण्डारीलाई आाफ्नो २९औ बार्षिक प्रतिबेदन बुझाउँने क्रममा यो तथ्यांक सार्वजनिक गरेको हो ।

सार्वजनिक प्रतिवेदनमा अख्तियारले विशेष अदालतमा दर्ता गरेका ३ सय ५१ मुद्दामा ४ अर्व विगो मागदाबी गरेको उल्लेख गरेको छ भने भ्रष्टाचार तथा अनियमिततामा संलग्न ८ सय ९४ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको पनि बताएको छ ।

त्यस प्रतिबेदन अनुसार २ सय ५६ जना अधिकृत, सहायक र सहयोगी ३ सय ८४ र जनप्रतिनिधि ९५ जना भ्रष्टाचार र अनियमितताको आरोपमा मुछिएका छन् । आयोगले विभिन्न घटनामा बिचौलियाको भूमिका खेल्ने १ सय ५९ जनालाई पनि पक्राउ गरेको प्रतिबेदनमा उल्लेख  छ ।

आयोगले यस आर्थिक वर्षमा १ सय ४७ वटा ‘स्टिङ अप्रेशन’ गरेको पनि प्रतिवेदनमा जनाएको  छ ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif