Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

ऐतिहांसिक मेला शुरु : संस्था पारदर्शी र जवाफदेही हुनुपर्ने


२०७६ पौष २८ गते , सोमवार प्रकाशित

जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले सामाजिक संस्था तथा क्लवहरुमा पारदर्शिता र जवाफदेहीता हुनुपर्ने बतावरण–जैमिनी नगरपालिका–२ सहारा खेल मैदानमा ऐतिहासिक जैमिनी मेलाको उद्घाटन पश्चात नगर प्रमुख पौडेलले सम्बोधन गरेका हुन ।

सहारा क्लव जैमिनी १ कुश्मिसेराको आयोजना र जैमिनि नगरपालिकाको सहयोगमा भएको हो।    समाज परिवर्तनमा सामाजिक निकायको महत्वपूर्ण भूमिका हुने हुंदा समृद्ध र सुखी नगर बनाउन आब्हान गरे।

  नगर करीब शुन्य पूर्वाधार अवस्थामा नगरपालिका स्थापना भएको हुँदा यहाँ धेरै विकासका पूर्वाधारहरु बन्न बाँकी भएकाले काम कम देखिएका पौडेलको दाबि छ। मेला सुरु हुनु अगाडी आयोजकका साथ सहयोगि निकाय बाजागाजा सहित नगर प्रमुख ईन्द्रराज पौडेल, उप प्रमुख लिला राना, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा लगाएत अतिथिहरु साथ बजार परिक्रमा भएको थियो ।

  “स्थानीय कला संस्कृति तथा खेलकुदको सम्वर्धन, कृषि उद्योग, व्यापार तथा पर्यटनको प्रवद्र्धन” भन्ने मूल नारामा आयोजना गरिएको मेलामा वार्ड स्तरीय खेलकुद तथा साँस्कृतिक कार्यक्रम, झांकि, रमाइलो मेला, बाल उद्यान, कृषि तथा अन्य प्रदर्शनी समेत रहने क्लवका सचिब दिलिप थापा मगर बताउछन ।

परापूर्व कालदेखि  जैमिनी घाटमा ऐतिहांसिक मेला हुँदै आएको हाल केही कुश्मिसेरामा यहि मेला निरन्तरता दिएको हो। पौष २८ बाट आरम्भ भएको मेला माघ ४ सम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष सुरेश सुनारले जनाएको छ।      

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif