Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

तपाईं हाम्रो बहुउद्देश्यीयको १२औं वार्षिक साधारण सभाबाट अध्यक्षमा थापा


२०७६ पौष २८ गते , सोमवार प्रकाशित

तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

साधारण सभाले संस्थाको अध्यक्षमा मनोजकुमार थापालाई पुनः चयन गरेको छ । थापाको नेतृत्वमा सर्वसम्मत चुनिएको सञ्चालक समितिको उपाध्यक्षमा गंगाराम दुलाल, सचिवमा बुद्ध तण्डुकार, कोषाध्यक्षमा मन्नु खनाल खत्री चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रजत कुमार श्रेष्ठ, रोशनी तण्डुकार, प्रेमबहादुर महर्जन, माधवप्रसाद लम्साल र संजय चन्द्र श्रेष्ठ रहेका छन् । 

त्यस्तै लेखा समिति संयोजकमा रामप्रसाद श्रेष्ठ र सदस्यहरुमा प्रतिक न्यौपाने र कस्तुरी भुजेल चयन भएका छन् । 



गत असार मसान्तसम्म संस्थामा ४ हजार ८ सय ११ सदस्यबाट ५ करोड १४ हजार चुक्ता पूँजी संकलन भएको जानकारी संस्थाका अध्यक्ष मनोजकुमार थापाले त्यसैगरी सो अवधिसम्म संस्थाले ४१ करोड ४१ लाख निक्षेप संकलन गरी ४२ करोड ७१ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ। संस्थाको सम्पत्ति ५१ करोड ६७ लाख ८५ हजार पुगेको अध्यक्ष थापाले जानकारी गराए । 

संस्थाले त्यस अवधिमा ८६ लाख ३२ हजार रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । सभाले नाफाबाट सदस्यलाई १५ प्रतिशत लाभांश बाढ्ने राखेको प्रस्ताव पारित गरेको छ । 

संस्थाले नयाँ नैकापस्थित प्रमुख कार्यालयको साथै कलंकीस्थित सेवा केन्द्रबाट समेत सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ भने चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकापमा कृषि फार्म का साथै लघुवित्त कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif