Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

हसना भास्तिपुरको ११औं वार्षिक साधारणसभा सम्पन्न


२०७६ पौष २८ गते , सोमवार प्रकाशित

हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले ११ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सभाको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सहकारीले  गरेको नाफा स्थानीय जनता र सदस्यहरुकै हितमा लगानी गर्नुपर्ने बताएका छन् । सहकारी क्षेत्रले अब उत्पादनलाई प्राथमिकतामा राखि लगानी गर्नुपर्नेमा उनको जोड थियो । मन्त्री बस्नेतले पर्यटन वर्ष २०२० लाई सफल बनाउन सरकारको जति दायित्व छ त्यति नै दायित्व सहकारीको पनि रहेको भन्दै कृषि, पर्यटन, उद्योग र वातावरण क्षेत्रमा लगानी गरी जनताको आम्दानीको स्रोत बढाउनतर्फ अब सहकारीहरुको ध्यान केन्द्रित हुनु पर्ने उल्लेख गरे । 

 

संस्थाका अध्यक्ष नारायण कृष्ण महर्जनले सदस्यहरुलाई सहकारी शिक्षा दिई उनीहरुलाई उत्पादनको क्षेत्रमा अघि बढाउने जनाए । मजबुत वित्तीय अवस्था,  सदस्य केन्द्रित सेवा सुविधा, सामाजिक उत्तरदायित्व बहन, सहकारीबीच सहकार्य, ऐन कानूनको पालना, नीति नियम कार्यविधि निर्माण, सहकारीलाई पूर्णरुपमा नीति, विधि र प्रविधिको आधारमा अघि बढाएका कारण  संस्थाले सफलतापूर्वक एक दशक पार गरेको अध्यक्ष महर्जनले उल्लेख गर्दै।   

आ.व. २०७५/७६ को अन्त्यसम्म  शेयर पूँजी ४ करोड ७३ लाख, बचत संकलन ८२ करोड ४६ लाख ७४ हजार, कर्जा प्रवाह ८४ लाख ७६ लाख, २२ हजार गरी संस्थाको कूल वासलात १ अर्ब ४८ लाख पुगेको छ । चालु आ.व. २०७५/७६ मा शेयर पूँजी वृद्धि गरी रु ६ करोड २५ लाख, यस्तै निक्षेप सङ्कलन ९० करोड र कर्जा प्रवाह रु ९४ करोड पुर्‍याउने लक्ष्य लिइएको संस्थाका कोषाध्यक्ष राजमान महर्जनले जानकारी दिए ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif