Saturday, 28 March, 2020    |    २०७६ चैत्र १५ गते , शनिवार

नेपाल–चीन पारबाहन सम्झौता : सात बन्दरगाहमा प्रयोगमा ल्याइने


२०७६ पौष २७ गते , आईतवार प्रकाशित

                                                 
 
सीताराम थापा 
(बिशेष सम्वाददाता)
                                   
नेपालले चीन सातवटा बन्दरगाह प्रयोग गर्न पाउने गरी भएको पारवहन सम्झौता कार्यान्वयनमा आरम्भ भएको छ । यो पारवहन कार्यान्वयनमा आएपछि नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुख्खा बन्दरगाह समेत प्रयोग गर्ने बाटो खुलेको छ । 



    नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिव बैकुण्ठ अर्यालका अनुसार, चीनका तियानजिन, लियनयुङ्गा, सेञ्जेन र झानजियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह नेपालले प्रयोग पाउने  सचिव बैकुण्ठ अर्यालले सारबजनिक गरेका हुन् । त्यसैगरी, तीन सुख्खा बन्दरगाहहरू लञ्झाउ, ल्हासा र सिगात्से नेपालले प्रयोग गर्ने बाटो खुलेको बताईएको छ।  यही जनवरीबाट पारबहन सम्झौता कार्यान्वयनमा आएको हो ।



    नेपालको चीनसँग जोडिएका रसुवा र तातोपानी नाका यस भन्दा अघि सञ्चालनमा आइसकेका छन।  हुम्लाको यारी, सुंखवासभाको किमाथाङ्का, मुस्ताङको कोरला र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका व्यपारका लागि नेपालले प्रयोग गर्न सक्ने ब्यवस्था सम्झौतामा रहेको छ ।

    यता भारतसँग भएको पारवहन सन्धि तत्कालका लागि नविकरण गर्र्न आवश्यक नयाँ कुरा थप गरेर पुनः सन्धि गर्ने तयारी मन्त्रालयले पुरा गरेको जनाईएको छ ।

    यो नयाँ सन्धि भएपछि नेपालले भारतको आन्तरिक जलमार्ग प्रयोग गरेर आयात–निर्यात गर्न सक्ने प्राबधानको पनि उल्लेख छ। यसले  नेपाली ध्वजावाहक पानीजहाज भारतीय आन्तरिक जलमार्गमा सञ्चालन गर्न सहज हुने छ । भारतको जलमार्गमा रहेका आन्तरिक तीनवटा टर्मिनलहरू साहेबगञ्ज, कालुघाट र बाराणसीबाट व्यापारिक वस्तुहरू आयात निर्यात गर्न सके त्यसबाट नेपालको व्यापार लागत कम हुने सचिब अर्यालको बिश्लेषण रहेको छ।

  यसका साथै नेपाल सरकारले भारतसँगको रेल्वे सम्झौताको म्याद पनि आगमी पाँच वर्षका लागि थप गरेको छ । नेपालले विराटनगर, वीरगञ्जबाट भारतको कोलकत्ता र हल्दियासम्म नेपाली रेल सञ्चालन गर्ने सम्बन्धमा सैद्धान्तिक सहमति भ‌रहेको उल्लेख छ । चीन र भारत दुबैसँगका बन्दरगाह र अन्य यातायात समझौता सुचारु भएर चल्न थालेपछि नेपालको आर्थिक गतिबिधिमा तीब्रता आउने बिवास लिइएको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif