Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

एक बर्षमा नेप्से बृद्धि : सवा अर्ब कारोबार, तरलता सहज


२०७६ पौष २७ गते , आईतवार प्रकाशित

 सीताराम थापा                                  
  आईतबार आज  एक वर्षको अवधिमा धिपतोपत्र बजार नेप्से परिसूचकमा सबैभन्दा बढी बृद्वि भएको जनाएको छ । भ्रमण बर्ष : २०२० को आरम्भमा उकालो हिडेको शेयर कारोबार मापक नेप्से परिसूचक ’बुलिस ट्रेण्ड, पछ्यायर करिबन ४३ अङ्कले वढोतरी भएर आज मात्र ३.५१ बढेको छ।  नेपाल स्टक एक्सचेञ्जमा उल्लेख गरे अनुसार नेप्से ४२.६१ विन्दूले बढेर एक हजार २५५.७२ मापुगि रोकिएको हो । यस्तै सेन्सेटिभ परिसूकसमेत ८.४७ ले बढेर २७२.७३पुगेको हो ।   बीमा समूहले ‘बुलिस ट्रेण्ड’ पछ्याउँदा कारोबार रकममा समेत उच्च अङ्कले बढेको हो। नेप्सेका अनुसार कुल १७९ कम्पनीको ३८ लाख ३१ हजार ५४ कित्ता शेयर रु एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ मूल्यमा खरिद बिक्री भयको छ ।
  कारोबार भएका कुल १२ उप (समूहकै शेयरमा भारी बढेको छ । होटल ७५.८४, बैंकिङ २७.३, विकास बैङ्क ४३.३३, व्यापार ११.५९, जलविद्युत् ३१.०७, उत्पादन ३४. ५४, बित्त १३.९२, बीमा ३८४.२१, अन्य १७..९२, लघुवित्त १२२.०२, जीवन बीमा ४०९.२७ र सामूहिक लगानी कोष ०.२४ ले बढेको हो ।
  कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रु पाँच करोड ८८ लाख १९ हजार बराबरको कारोबार भयको छ।   गरीमा विकास लघुवित्त वित्तीय संस्थाको रु चार करोड ६३ लाख ५६ हजार ५०४, एनआएसी एशियाको रु चार करोड सात लाख ८१ हजार ११०, शिवम सिमेन्टको रु तीन करोड ९८ लाख २४ हजार १४९, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु तीन करोड ७६ लाख २७ हजार २९१, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको रु तीन करोड ७४ लाख पाँच हजार २५७, नेपाल बैंक लिमिटेडको रु तीन करोड तीन लाख ५३ हजार ४८९ र प्रभु बैंकको रु दुई करोड ९१ लाख ३८ हजार १२५ बराबरको कारोबार भई शीर्ष स्थानमा ओगटेको छ।   नेप्सेका अनुसार सिद्वार्थ ईन्स्योरेन्स, सुर्य लाईफ ईन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी, मेरो माइक्रो फाइनान्स वित्तीय संस्था र नेपाल इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी १०५ ले आम्दानि गरेका छन् ।   घोडाघोडि र स्वाभिमान लघुवित्त वित्तीय  संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले आम्दानि गरेका हुन । ईन्टिनिटि लघुबित्त र एशियन लाइफ इन्स्योरेन्स संस्थाका लगानीकर्ताले ९.७ प्रतिशतले आम्दानि भएको छ ।

माउन्टेन हाइड्रो नेपालका शेयरधनीले २.१५, सिनर्जी पावर २.०८, सिटिजन म्युचुअल फण्ड र युनियन हाइड्रोपावर १.७२, र  सिन्धु विकास बैंक १.६२ तथा प्राइम बैंकका लगानीकर्ताले १.३९ प्रतिशतले आम्दानि गरे । सियर उकालो लाग्नुमा बैंकिङ तरलता सहज हुँदै जानु, साना तथा ठूला लगानीकर्ता सक्रियता बृद्वि भई लगानीकर्तामा बजार बढ्छ भन्ने आत्मविश्वास बढोत्तरी भएकाले शेयर बजारमा उल्लेख्य सुधार आएको देखिन्छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif