Tuesday, 07 April, 2020    |    २०७६ चैत्र २५ गते , मंगलवार

दोषीलाई कडा कारवाहीको माग गर्दै ढल्केवरमा प्रर्दशन


२०७६ पौष २७ गते , आईतवार प्रकाशित

  • विजय कुमार सिंह

ढल्केवर । 
अबैध उत्खन्न विरुद्धको अभियन्ता दिलिप भनिने ओम प्रकाश महतोको हत्यामा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै धनुषाको ढल्केवरमा प्रदर्शन गरिएको छ ।

शुक्रवार टिपरले किचेर हत्या गरिएका २४ बर्षिय दिलिपको हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै आईतवार ढल्केवरमा ¥याली निकालेर प्रदर्शन गरिएको हो ।ढल्केवरचोकबाट निकालिएको ¥याली नगरको विभिन्न भागमा परिक्रमा गरेका थिए ।

¥यालीमा सहभागीहरुले हत्यारालाई फासी दे, दिलिपलाई पर्यावरणीय शहिद घोषण गर, दिलिपलाई न्याय दे, अवैध उत्खनन् बन्द गर लगायतका प्लेकार्डसहित नारा लगाएका थिए ।
¥यालीमा सहभागीहरु नगर परिक्रमा गर्दै ढल्केवर चोकस्थित रहेको शहिद स्मार्क पार्कमा पुगेर कोणसभामा परिण भएका थिए ।

सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ को आयोजनामा निकालिएको ¥यालीमा स्थानिय युवा, विद्यार्थी, नागरिक समाजलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

शुक्रवार धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित घरनजिकैको औरही खोलामा अवैध उत्खनन् रोक्न गएको बेला टिपरले किचेर दिलिपको हत्या भएको थियो । यता
दिलिप हत्याको आरोपमा चारजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका विपिन कुमार महतो, मुनिन्द्र महतो, जितेन्द्र कुमार महतो र रोशन कुमार यादवलाई आरोपितको रुपमा शनिबार बेलुका धनुषा प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरिसकेको छ।


साभार : द पब्लिक टुडे

                 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif