Thursday, 04 June, 2020    |    २०७७ जेष्ठ २२ गते , विहीवार

समाजबादी पार्टीको बैठक सम्पन्न


२०७६ पौष २७ गते , आईतवार प्रकाशित

 शहबाज खान




कपिलवस्तु / 
समाजवादी पार्टीका ५नं प्रदेश  पार्टी अध्यक्ष अशोककुमार यादवको अध्यक्षता एवं प्रदेश ईन्चार्ज दान बहादुर चौधरीको प्रमुख अातिथ्यता तथा सह ईन्चार्ज वकिल मुसलमान,चिनक कुर्मी,र नवीन सुनुवारको विशिष्ट अातिथ्यतामा सम्पन्न बैठकले पार्टी प्रदेश सल्लाहकार समिति प्रमुखमा सुधाकर मिश्रा , बिज्ञ परिषद प्रमुखमा अब्दुल रहमान खाँ, निर्वाचन अायोग प्रमुखमा जगतराम यादव,अनुशासन अायोग प्रमुखमा बिपिन पौडेल र लेखा अायोग प्रमुखमा कौशल धोवी लाई मनोनयन गरिएको छ।                   
      पार्टी संगठन विभागमा पार्टी मुख्य सचिव यज्ञ पोख्रेल , स्थानीय तह विभागमा सन्दीप पान्डेय,स्कुल (प्रशिक्षण ) विभाग प्रमुखमा   मणिकर कार्की र पार्टी प्रदेश ५ को प्रवक्तामा अकरम पठानलाई र पार्टी प्रदेश समिति सदस्यमा रुपन्देही निवासी शैलेन्द्र पान्डेयलाई मनोनयन  गर्ने निर्णय गर्नुका साथै माघी पर्वको शुभकामना दिदै पार्टी उपाध्यक्ष धनेश्वरी चौधरीकी बुवा र सदस्य दिलिप बर्माको स्वा.अामा को निधन भएकोले  शोक प्रस्ताव पारित गरेको छ ।



बैठकले पार्टी केन्द्रीय समितिले संगठन विस्तार तथा सुदृढीकरण अभियान संचालन गर्ने कार्यक्रमको शुभारम्भ माघ ३ गते कपिलवस्तुको तौलिहवामा भब्य कार्यक्रमको अायोजना गरि सम्पन्न गर्ने,माघ ४ गते पार्टी संसदीयदलको बैठक बसि प्रदेश ५मा  सरकारलाई दिएको समर्थन फिर्तालिने सन्दर्भमा छलफल गरिने र पार्टीको नीति सिद्धान्त र विचार मिल्ने संग बार्ता र छलफल गरि प्रदेशमा प्रवेश गराउन पार्टी प्रदेश अध्यक्ष अशोककुमार यादवको संयोजकत्वमा उपाध्यक्ष विजयबहादुर यादव र मुख्य सचिव यज्ञ पोख्रेल सहितको ३ सदस्य  पार्टी धुर्वीकरण समिति गठन गरिएको छ । साथै वैठकले बिभिन्न जिल्ला सह ईन्चार्जमा रुपन्देही जिल्ला सह ईन्चार्जमा पंकज राई,किस्मत वि.क.रुपा मल्ल र रमजान फकिर,दाङमा सहईन्चार्जमा टोपबहादुर महतारालाई मनोनयन गरिएको छ कपिलवस्तु जिल्ला सह ईन्चार्जमा बजरंगी चौधरी र गीता श्रीवास्तवलाई मनोनयन गरिएको छ ।
साथै माघ ५ गतेका दिन प्रदेश ५ को १२ वटै जिल्लामा जिल्ला समन्वय समितिको बैठक तथा  बलिदानी दिवस मनाउने निर्णय गरिएको प्रवक्ता अकरम पठान ले बताएका थिए।     

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif