Saturday, 28 March, 2020    |    २०७६ चैत्र १५ गते , शनिवार

किन लगायो भारतले नेपालको पाम आयलमाथि प्रतिबन्ध ?


२०७६ पौष २६ गते , शनिवार प्रकाशित

भारतले गएको पुष २३ गते बुधवारदेखि पामतेल आयातमा प्रतिबन्ध लगाए पछि नेपालबाट भारत निर्यात हुने पाम तेलको आयात ठप्प भएको छ । यसबारे भारतसँग कुरा भइरहेको सरकारको बाणिज्य बिभागले जनाए पनि त्यसमा खाशै प्रगति भएको देखिएको छैन । नेपालको आयात हुने बस्तुमा इण्डोनेशिया र मलेशियाबाट कच्चा पदार्थ ल्याई नेपालमा प्रशोधन गरिने पम आयलको भूमिका महत्वपूर्ण मानिन्छ । यसले भारतसँगको ब्यापार घाटा कम गर्न, रोजगारी अभिृद्धि गर्न र नेपालको राष्ट्रिय आमतदानीमा योगदान दिन पनि महत्वपूर्ण भूमिका खेल्दै आएको थियो । चालु बर्षको ५ महिनामा मात्र ११ अर्ब ५ करोड मूल्यको पाम आयल भारत निर्यात भएको तथ्यांक छ ।

    तर दक्षिण एशिायली देशहरुमा सबैभन्दा बढी पाम आयल पैठारी गर्ने देश भारतले के कारणले नेपालको पाम आयलमाथि प्रतिबन्ध लगायो यो बुझ्न सकिएको छैन । एकथरी बिश्लेषकरु भारतसँग अहिले नेपालको राजनीतिक सम्वन्ध राम्रो नभएकोले त्यसको असर पनि यो अुन सक्तछ भनिरहेका छन् । हालै भारतले आयात नीति संशोधन गर्दै १५११९० नम्बरको एक्जिम कोड  सहीतको पाम आयाल प्रतिबन्ध लगाएको बताइएको छ । 

  यसै बीच एक बक्तब्य निकाल्दै नेपाली काग्रेसका नेता बालकृष्ण खाँडले भारतसँग पहल गरेर यो समस्य हल गर्न सम्भावना भएको यो उद्योगलाई परेको अप्ठ्यारो फुकाउन माग गरेको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif