Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

पत्याउला र कोही ?


२०७६ पौष २६ गते , शनिवार प्रकाशित



सुष्मा तिमल्सिना

लटरम्म फलेको
अङ्गूरका झुप्पा देखाउँदै
कसैले भन्यो – यो केवल हेर्नका लागि हो
पत्याउला र कोही ?

भर्खरै पानी चुहिएला जस्तो
बादल बोकेको आकाश देखाउँदै
कसैले भन्यो-झर्दैन आज पानी
पत्याउला र कोही ?

 दनदनी बलिरहेको आगाको नजिक
नौनी राखेर भन्यो भने– पग्लन्न नौनी 
पत्याउला र कोही ?
जुन दिनदेखि तिमीलाई देखेकी हुम् नि
तिर्खाएको बटुवाले कुवा भेट्टाए जस्तै भएको छ
त्यो बटुवाले कुवामा गएर पानी खाँदैन
भन्यो भने – जसरी पत्याउँदैनन् कोही ?

त्यसरी नै
तिमी लाईप्रेम गर्ने यो मन
शरीरसँग न जोडिएको भए
त्यही मन बोकेको शरीर
प्रकृतिको विधि–विधानमा नबाँधिएको भए
म पक्कै मेरो प्रेमको प्रमाण सहित
अनाशक्त बनेर तिम्रो सामू उपस्थित हुने थिएँ

तर आज आशक्त
शरीर बोकेर तिम्रो सामू
उपस्थित भएको छु
तिमी पत्याऊ या नपत्याऊ
म तिमीलाई अथाह प्रेम गर्छु
फगत प्रेम गर्छु !  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif