Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

प्रिय मेलम्ची तिमी आउ !


२०७६ पौष २६ गते , शनिवार प्रकाशित



 -शशी श्रेष्ठ 


हेर त प्रिय
त्यो देखिएको
नेपाल खानेपानीको ट्याङ्की,
प्रत्येक बिहान म
त्यो ट्याङ्की अगाडि उभिएर योगा गर्छु।

प्रिय मेलम्ची,
तिमीलाई सम्झँदै सम्झँदै
आफ्नै पसिनाले नुहाउँछु।
ओ डियर !
मैले तिमीलाई माया मारेको छैन 
पल पलमा,
म तिम्रै नाम जपिरहन्छु ;
मैले सक्ने भए तिमीलाई एक्लै बोकेर ल्याउने थिएँ।

बिसौँ बर्षदेखि पर्खिएकी म
कति तड्पाउँछौ मलाई!
मेरो बैंस र जवानी
तिम्रो छाल र लहरमा मिसाउँदै
छताछुल्ल पोख्खिन चाहान्छु म !

हेर न
आजकल
ट्यांकरको फोहोर पानी खाँदा खाँदा
बिरामी छु म मेलम्ची,
के मेरो यस्तो अवस्था देख्दा
तिमीलाई दु:ख लाग्दैन ?
केही त बोल प्रिय
के म जीवनभर
तिम्रो नाम पुकारी रहुँ ?
यत्तिका मान्छे अटाएका ठाउँमा,
मेरै मेलम्ची मात्र छैन।

अखबारका पानामा
तिम्रो नाम हेर्न सक्दिन अब म।
मलाई त 
गाग्री उचालेकी ती बुढी आमाको
ओठमा तिमीलाई हेर्ने मन छ।
खर्पन बोकेर पानी बाँड्दै हिँडेका
ती बाजेको प्रसन्न आँखामा
तिमीलाई हेर्ने मन छ... !

त्यसैले प्रिय
काठमाण्डौबासीको धुलो-मैलो हटाउन
तिमी आऊ,
यी फोहोरी नेताको सोचाइ पखाल्न
तिमी आऊ,
आऊ मेलम्ची , अब ढिला नगर
आऊ प्रिय अब तिमी आऊ ! !
        

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif