Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

जैमिनि मेला : कहिले र किन जाने होला ?


२०७६ पौष २५ गते , शुक्रवार प्रकाशित


           सीताराम थापा                           
         बागलुङको ऐतिहांसिक जैमिनघाटमा लाग्दै आएको परम्परागत माघे सक्रान्तिमा लाग्ने जैमिनि मेला – जैमिनि नगरपालिका कुश्मिशेरा बजारमा भब्य तयारी हुँदै छ।                        ‘स्थानीय कला संस्कति तथा खेलकुदको समबर्धन, कृषि, उधोग र व्यापार तथा पर्यटकको प्रबर्धन’, मूल नारा अनुरुप हुने गरी यही पौष २८ देखि माघ ४ गतेसम्म गरीने आयोजक संस्था सहारा क्लबले जनाएको छ।
    यसलाई जैमिनी नगरपालिकाको सहयोगमा आयोजना गरिएको क्लबका सचिब दिलिप थापा मगरले  बताएका छन् । मेला भर्न आउने दर्शकलाई मजोरञ्जन दिन दैनिक  कलाकारहरु द्वारा गीत संगीतको प्रश्तुती, वडा स्तरीय  खुल्ला पुरुष भलिबल प्रतियोगिता, डान्स आईडल – ३, स्थानीय भजन, रत्यौली प्रतियोगिता आकर्षणको रुपमा रहेको आयोजकले  बताएको छ। यसैगरी बल उद्यान, कृषि तथा हस्तकला प्रदर्शनी, स्थानीय खाना लगायतको थप  आकर्षण रहेको जैमिनि नगरपालिकाले जनाएको छ।

     

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif