Thursday, 04 June, 2020    |    २०७७ जेष्ठ २२ गते , विहीवार

नेपालको गौर नाकाबाट भारत प्रवेश गर्नलाग्दा एकजना पक्राउ


२०७६ पौष २४ गते , विहीवार प्रकाशित

 नेपालको गौर नाकाबाट भारत प्रवेश गर्नलाग्दा एकजना पक्राउ
इस्तियाक अहमद


रौतहट । भारत विहार राज्यको बैरगनिया सीमानामा रहेका भारतीय सीमा सुरक्षा बल २० नम्बर बटालियनटोलीले एक जना शंकास्पद व्यक्तिलाइ विहिवार विहान १० बजेको समयमा पक्राउ गरेका छन । पक्राउ परेका व्यक्ति मुस्लिम समुदायका रहेका छन ।   नेपालको गौर नाकाबाट भारतमा प्रवेश गर्ने क्रममा सीमामा रहेका एसएसबीले चेक पोस्टमा चेकजाच गर्ने क्रममा ड्यूटीमा रहेका हबलदारमाथि हातपात गर्न खोज्दा सीमा सुरक्षा बलका जवानले उनलाई नियंत्रणमा लिएको हो ।   पक्राउ परेका व्यक्तिले आफ्नो घर रौतहट जिल्लाको गढ़ीमाई नगरपालिका वड़ा नम्बर ३ गम्हरिया भएको र सुन्दरपुर स्थित मस्जिदमा बस्दै आएको बताएका छन । ३४ वर्षीय युवकले शेख सहाबुद्दीन नाम बताएको भारतीय सिमा सुरक्षा बलले जनाएको छ ।   बुवाको नाम शेख मोहमद अली र बाजेको नाउ शेख ईसाद बताउने युवकले साथमा राखेको चाकू प्रहार गर्न खोज्दा ड्यूटीमा बसेका जवान सचिन घाइते भएका छन् । उजको दाहिना हाथको ४ बटा औला काटिएको बताइएको छ ।    नेपालबाट भारतमा प्रवेश गर्ने युवकले ड्यूटीमा रहेका जवान सित हथियार मागेका थिए । हथियार दिनु हत्या गर्छु भनेको थियो । पक्राउ परेका् व्यक्ति नेपालको हो भन्ने कुनै प्रमाण कागज फेला नपरेकोले विदेशी हुन सक्ने आशंका भारतीय पुलिसको रहेको छ ।   उसले आफुलाई अल्लाहले पठाएको र सवैलाइ मुस्लिम बनाउनु लक्ष्य लिएको बताइरहेको बुझिएको छ । आफ्नो बारे सत्य तथ्य बताउन नचाहने उक्त व्यक्ति आपराधिक गतिविधिमा संलग्न हुन सक्ने आशंका बढेको छ ।   थप अनुसन्धान तथा कार्यवाहीको लागि भारतीय प्रहरीको जिम्मा लगाइएको छ । पुलिसले मासु काटने कार्यमा प्रयोग हुने खालको ठूलो चाइनीज चाकू बरामद समेत गरेको छ ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif