Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

प्राईम लाईफले बिकको जीवनबीमा वापतको भुक्तानी दियो


२०७६ पौष २४ गते , विहीवार प्रकाशित

सीताराम थापा                                               

प्राइम लाइफ इन्स्योरेन्सद्वारा ओमप्रसाद बि. को  बीमाको ११ लाख रुपैयाँ काठमाण्डौबाट  भुक्तानी दिएको छ । बागलुङ्ग जिल्ला निवासी ओम प्रसाद बि.क. ले २ वर्ष पहिले प्राईमलाइफ इन्स्योरेन्समा  बीमा गरी बैदेशिक रोजगारका लागि कतार गएका थिए ।   वैदेशिक रोजगारबाट छुट्टीमा घरमा आएका बि.क.को आफ्नै काममा बागलुङ्गको लाम्मीलाबाट घर फर्कदा जिप दुर्घटना भइ कात्तिक ८ गते मृत्यु भएको थियो ।    

कम्पनीको नियमानुसार भुक्तान गर्नु पर्ने बिमाङ्क १० लाख र दाहसंस्कार खर्च रु. १ लाख गरी जम्मा रकम रु ११ लाखको चेक कम्पनीको बागलुङ्ग शाखा कार्यालयबाट शाखा प्रमुख ज्ञान प्रसाद ढुङगानाले स्व. बिकको श्रीमती भावनालाई हस्तान्तरण गरेको कुरा तमान खोला गांउपालिका अध्यक्ष जोकलाल बुढा मगरले काठकाण्डौबाट नेपालपत्रलाई जानकारी दिएका हुन्।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif