Thursday, 04 June, 2020    |    २०७७ जेष्ठ २२ गते , विहीवार

सनराइज बैंकका थप दुई शाखारहित सेवा


२०७६ पौष २४ गते , विहीवार प्रकाशित

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न दुर्गम स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ लम्जुङको ठुलीेबेसीमा ४४औं र तनहुँको टुहुरेपसलमा ४५औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।

एक कार्यक्रममा ४४ औं शाखारहित बैंकिङ्ग सेवा मर्स्याङ्दी गाँउपालिकाका वडा अध्यक्ष लिला प्रसाद घलेले शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधि कर्ण सिंह तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

त्यसैगरी ४५औं शाखारहित बैंकिङ्ग सेवा भानु नगरपालिकाका प्रमुख तारा नरेश पौडेलले उद्घाटन गरे । नगरपालिकाका प्रमुख पौडेल र गण्डकी प्रदेशका कार्यालय प्रमुख रविन्द्र केसीले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि विष्णु सिलवाललाई पोइन्ट अफ सेल मेसिन संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । 

दुबै शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । 
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif