Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

चमेली कल्याणकारीले सदस्यहरुको दुर्घटना बीमा गर्ने


२०७६ पौष २१ गते , सोमवार प्रकाशित

चमेली कल्याणकारी वचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको लागि १ लाख वरावरको दुर्घटना विमा गर्ने योजना अनुसार प्रभु इन्सुरेन्स र सिटिजन लाइफ इन्सुरेन्स सँग सम्झौता गरी सदस्यहरुको बीमा कार्यक्रम अगाडि बढाएको छ । सदस्यहरुको दुर्घटनाबाट अंगभंग तथा मृत्यु भएमा बीमा कम्पनीसँग बीमा लेख दाबी गरी सदस्यहरुलाई सुविधा दिने कार्यको थालनी गरिएको संस्थाले जनाएको छ । 

त्यसैगरी संस्थाका सञ्चालक समिति र लेखा समितिहरुको क्षमता विकास तालिम सम्पन्न गरेको छ । सहभागिहरुलाई  दुर्गा प्रसाद ढकालले प्रशिक्षण दिएका थिए । साथै, संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिममा कुवेर निरौलाले प्रशिक्षण दिएका थिए । तालिमले काम गर्ने क्षमतामा अभिवृद्धि भई संस्थालाई थप टेवा पुग्ने संस्थाले जनाएको छ ।

संस्थाले आफ्नो वार्षिक कार्यक्रम अनुसार संस्था आवद्ध नाबालक सदस्यहरुबीच हाजिरजवाफ कार्यक्रम समेत सम्पन्न गरेको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif