Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

बिन्धबासिनी साकोसले सिर्जनशील साकोसलाई एकिकरण गर्ने


२०७६ पौष २१ गते , सोमवार प्रकाशित

काभ्रेमा जिल्लामा रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिर्जनशील बचत तथा ऋण सहकारी संस्थालाई एकिकरण गर्ने भएको छ । 

सो सम्बन्धमा बिन्धवासिनी साकोसका अध्यक्ष प्रदीप थापा र सिर्जनशील साकोसका अध्यक्ष मृगेन्द्रनाथ रिमालले एक कार्यक्रमकाबीच समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । काठमाण्डौको सामाखुसीमा रहेको सिर्जनशील साकोसलाई एकिकरण गरेपछि बिन्धवासिनीको सेवा काठमाण्डौबाट पनि प्राप्त गर्न सकिनेछ । 

माघ महिनाभित्रमा एकिकरणको प्रक्रिया टुङ्ग्याउने गरी काम शुरु भएको बिन्धबासिनी साकोसका प्रमुख व्यवस्थापक के बी लामा स्याङ्तानले नेपालपत्रन्यूजलाई जानकारी दिए । 

सिर्जनशील साकोसको कार्यक्षेत्र काठमाण्डौ जिल्लाभर रहेको र एकिकरणपश्चात् सदस्यहरुको आवश्यकता र माग बमोजिम कार्यालय समेत स्थानान्तरण गरी पायक पर्ने स्थानमा राखिने उनले बताए । सिर्जनशील साकोसमा १५०० सदस्य र ३ करोडको वासलात रहेको छ । यता विन्धवासिनी साकोसको सेयर सदस्य संख्या ३५ हजार ५८ र बाल सदस्य ७३०० रहेका छन् । संस्थाको सेयर पूँजी ३० करोड ५०, बचत २ अर्ब १५ करोड ऋण लगानी २ अर्ब १८ करोड गरी कुल कारोबार २ अर्ब ८३ करोड पुगेको छ । 

संस्थाले यस अघि नारी चेतना सीपमूलक सहकारी, पनौती, हिमगंगा कृषि सहकारी संस्था, भकुण्डे, धान्द्रे भिमसेन साकोस, पलाञ्चोकलाई एकिकरण गरिसकेको छ । अब हुने एकिकरण चौंथो हो । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाइसकेको उक्त संस्थाले काभ्रे जिल्लाका विभिन्न स्थानमा सेवा केन्द्र विस्तार गरी जिल्लाभरका सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।  संस्थाले सदस्यको हितलाई ध्यानमा राखी एटीएम सेवा, मोबाइल रिचार्ज, इन्टरनेट विल भुक्तानी जस्ता सेवा प्रदान गर्दै आएको छ । लघुवित्त, कृषि र बेरोजगारी न्यूनिकरणमा संस्थाले भूमिका निर्वाच गर्दै आएको छ ।



 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif