Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

आजको बिश्वमा बढ्दो असमानता


२०७६ पौष २१ गते , सोमवार प्रकाशित

  आज बिश्वमा लगातार बिषमता खाडल बढिरहेको छ । यो जो कसैका लागि पनि ठूलो चिन्ताको बिषय हो र हुनै पर्ने हो । थोरै सम्पन्न मानिसहरु बिश्वमा अझ सम्पन्न भइरहेका छन् भने अत्यधिक बिपन्न मानिसहरु झन झन बिपन्न बन्दै गएका छन् । दक्षिण एशियालाई यस परिप्रेक्षमा हेर्र्ने हो भने त बाँकी बिश्वभन्दा यो असमानता यो क्षेत्रमा अझ बढी  खराब देखापर्दछ । गरीबी उन्मूलनसँग सम्वन्धित रहेर काम गर्दै आएको संस्था ‘अक्सफाम’ल प्रकाशित गरेको एउटा  प्रतिबेदन– ‘एन इकोनोमी फर द ९९ पर्सेण्ट’ – ले नै बिश्वको एक प्रतिशत सबैभन्दा सम्पन्न या धनाढ्य जनसंख्याको सम्पत्तिको तथ्यांक बाकी ९९ प्रतिशत जनसंख्याको सम्पत्तिभन्दा पनि बढी रहेको औल्याएको थियोे । यो श्रमको सामाजिकीकरण तथा पूँजी र मुनाफाको केन्द्रिकरणको आजको जीवन्त तथ्य हो ।

     उक्त  प्रतिबेदनमा गणनामा रहेका आठ सुपर अमेरिकीहरुसँग बिश्वका आधा जन संख्यासँग भएको जति सम्पत्ति छ भन्ने कुरा अक्सफामले औल्याएको थियो । त्यो क्रम र बिषयमता बढ्ने प्रबृत्ति  अहिले पनि निरन्तर कायम रहेको र  बढिरहेको छ  र आर्थिक बिषमताको यो डरलाग्दो खाडल लगातार अझ चौडा र गहिरो हुदै गएबाट यसले बिश्वमा अर्थिक संकट अझ गहिरिने र आम जनजीवन कष्टकर बन्ने कुरा निश्चित प्रायः छ  ।    अक्सफामको अध्ययन अनुसन्धानका अनुसार बिश्वका आधा गरीब जनसंख्याको कूल सम्पत्ति पहिलाको अनुमान गरेभन्दा पनि कम दर्ज गरिएको छ । अक्सफाम प्रतिबेदनले चीन, इण्डोनेशिया, लाओस, भारत, बंगलादेश र श्रीलंकामा १० प्रतिशत सम्पन्न धनाढ्यहरुको आयमा १५ प्रतिशतभन्दा बढीले बृद्धि भएको अक्सफामले उल्लेख गरेको थियो भने  उता सबैभन्दा बिपन्न या गरीब १० प्रतिशत जनसंख्याको आयमा भने सम्पन्नहरुको ठीक बिपरीत १५ प्रतिशतको दरले कमी आएको दर्शाएको थियो  ।



  केही बर्ष पहिला बिश्वका सम्पत्तिशालीहरु बिश्व आर्थिक मञ्च अर्थात्् ‘वल्र्ड इकानोमिक फोरम’ को बार्षिक बैठकमा सामेल हुन दाबोसमा सम्पत्तिशालीहरु  जम्मा हुन जान थालेको बेलामा अक्सफामले गरेको त्यो अध्ययनले यस्तो बिषम बिश्व स्थितिको  आर्थिक तस्वीर जुन  प्रकाशमा ल्याएको थियो त्यो बिषमताको खाडल आज झन झनm फराकिलो हुदै गएको छ  । स्पष्टै छ कि तिनले बिश्वको यो सबैभन्दा ठूलो चूनौतिको पनि कुनै न कुनै रुपमा समाधान खोज्नु पर्ने हुन्छ । किनभने यो बिश्वको बढ्दो असमानताको आँचले निश्चय नै सारा संसारलाई नै प्रभावित तुल्याउँदछ र आज त्यस्तो महसुश हुदै गरेको पनि देखिन्छ । साधारणतः बिश्व जनमत हेर्ने हो भने यो स्थितिका कारणले ठूलो आक्रोश उत्पन्न भइरहेको महशुस हुन्छ । जसको अभिब्यक्ति ह्रिंसक प्रदर्शनकोरुपमा भइ पनि रहेको छ । कतिपय ठूल्ठूला देशहरुमा सत्ता परिवर्तन र उग्र राजनीतिको बढ्दो लहरको पछाडि यही बढ्दो असमानता रहेको कुरामा कसैले असहमति जनाउन सक्तैन । यस प्रकारको स्थितिमा प्रष्टै के भन्न सकिन्छ भने अक्सफाको त्यो प्रतिबेदन बिश्व अर्थब्यवस्थमा चालु रहेको भूमण्डलीकरण र उदारीकरण असफल भएको बिषयमाथिको एउटा गम्भीर र तथ्यगत बस्तुबादी टिप्पणी र प्रतिकृया पनि हो भन्ने देखिन्छ । यस यथार्थले बिश्व कतातिर गइरहेको छ भन्ने निकै हदसम्म प्रष्ट पार्दछ ।
       हुन पनि आज बिश्वमा बिकासका तमाम दाबीहरु गरिदा गरिदै पनि यथार्थतः के साबित भइरहेको र भइसकेको छ भने पूजीवादी बिकासको यो चालु अर्थात उदारीकरण र भूमण्डलीकरणको मोडल बिश्वमा सम्पत्तिको न्यायपूर्ण बितरणमा बिल्कुलै असफल साबित भइरहेको र भइसकेको छ । हिजो यस आर्थिक नीतिका वकालतकर्ता र समर्थक ‘ट्रिकल डाउन थ्योरी’ अर्थात् ‘चुहिएर पुग्ने बिकास’ को कुरा अघि सार्दै के भन्ने गर्दथे भने माथिको समृद्धि रसाउँदै रसाउँदै गएर तल्लो बिपन्न बर्गसम्म पुग्नेछ र बिश्वका बहुसख्यक जनतामा खुशियाली छाउने छ । तर बिश्वको बस्तुगत जीबन्त परिणामले आज यो कुरा केवल  ‘मृग मरीचिका’ जस्तै जनतालाई धोका दिने एउटा  हावादारी कुरा साबित हुन पुगेको छ । वास्तवमा बित्तीय कर्पोरेट पूजी आधारित आजको पूजीवादी ब्यवस्थाको फाइदा केवल पहिलादेखि नै सम्पन्न बर्गको सानो तप्कालाई सम्पन्नबाट महासम्पन्न बनाउने काइदा मात्र साबित भएको छ । अरु बहुसंख्यक मानिसहरु त त्यसको फड्के किनाराका  साक्षी मात्र भएर रहेका छन् । यो आजको बिश्वको अकाट््य र जीबन्त बास्तबिकता हो ।

 

     बस्तुतः आजको बिश्वमा स–साना मध्यम स्तरीय उद्योगधन्धाहरु समाप्त हुँदै जानु यस पूँजीवादी  ब्यवस्थाको सबैभन्दा ठूलो कमजोरी या परिणाम देखिन्छ । यसका अतिरिक्त सरकार या राज्यको भूमिका घट्दै घटाउदै लगिनु पनि यस ब्यबस्थाको अर्को  सन्निहीत चरित्र हो । फलतः बिपन्न बर्गलाई सहयोग गरेर माथि उठाउने नीति बनाउने कुरा पनि अब हराउँदै गएको वा त्यो निर्जीब र  कागजमै सीमित भएर रहेको प्रतीत भइरहेको छ । यस्तो अबस्थामा एउटा बाटो यही हुन्छ कि सम्पन्नहरु माथि बढी कर लगाउने र बिपन्न बर्गको उत्थान र प्रगतिको हितमा त्यसको लगानी गरेर परियोजनाहरु सञ्चालन गर्ने र गरीबीको अन्त्य गर्ने सुझवहरु पनि आएका छन्  । तर यस्तो नीति बनाउने राजनीतिक निर्णय गर्ने गराउनेहरु पनि सम्पन्न बर्गकै भएका हुनाले यो सम्भव छैन र भए पनि त्यो केवल नीति र घोषणमा नै सीमित राख्ने र निरन्तर अल्मल्याउने गरेको तस्वीर देखिदै आएको छ । त्यसले गर्दा ‘मुठ्ठीभर सम्पन्न र बिशाल बिपन्न’ बर्ग स्थितिमा सुधार आउने कुनै गुञ्जायश आजको बिश्व ब्यवस्थामा देखिदैन । यस गम्भीर यथार्थलाई गम्भीर रुपमा लिइएन भने यसले भबिष्यमा बिश्वभरी अराजकता र बिद्रोह निम्त्याउने कुरा भने निश्चित छ नै । अन्ततः बैज्ञानिक समाजबादको बाटो नपक्री बिश्वको असमानता र गरीबीको यस दुष्चक्रबाट उम्किन नसकिने यथार्थलाई नै फेरि पनि दर्शाउँदछ ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif