Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

बागलुङ महोत्सब भलिबल प्रतियोगितामा ४ टिम फाईनलमा


२०७६ पौष २० गते , आईतवार प्रकाशित

               (      सीताराम थापा                                           

  नेपालभ्रमण बर्ष २०२० को अवसरमा आयोीज्त बागलुङ महोत्सबमा जारी खुल्ला पुरुष भलिबल प्रतियोगितामा आज आईतबार यहाँ ४ समूह फाईनल खेलमा प्रबेस गरेका छन। अनेरास्वबियु र  नेपाली सेना २३ नम्वरी बाहिनी प्रथम र दितियको लागि र जैमिनि बिनामारे र छन्त्याल कन्ट्रक्सन तृतियको लागि फाईनलमा प्रबेस गरेका हन्।  आज भएको पहिलो सेमिफाइनल खेलमा नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डाले साविकको बिजेता छन्त्याल कन्ट्रकशनलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने अनेरास्ववियुुले राष्ट्रिय युुवा संघ विनामारेलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।


  प्रतिस्पर्धात्मक रुपमा भएको पहिलो सेमिफाइनल खेलमा २३ नम्बर बाहिनी अड्डाले पहिलो सेट २५÷२३, तेस्रो सेट २५÷२३ ले जितेको थियो भने छन्त्याल कन्ट्रकशनले भने दोस्रो सेट २३÷२५ र चौथो सेट २२÷२५ ले जितेको थियो । दुवै समुुहले दुुई–दुुई सेट जितेपछि अन्तिम सेटमा २३ नम्वर वाहिनी अड्डाले छन्त्याल कन्ट्रकशनलाई १५÷९ ले पराजित गरेको थियो। यसै गरी दोस्रो सेमिफाइनल खेल अनेरास्ववियुुले क्रमश पहिलो सेट २५÷१८, २५÷२२ र २५÷११ को सोझो सेटमा पराजित गरेको हो ।   वर्षाका कारण एकदिन थप गरिएको महोत्सव भोली २१ गते सम्म थप गरिएको हो। खुल्ला भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ र तृतीय हुने टिमले ३० हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाले जानकारी दिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्ने उद्योग बाणिज्य संघ बागलुङको बरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबुले  जानकारी दिएका छन् । बिशेषगरी  बिदाको दिन र बिहान भलिबल बेलुकीको सांस्कृतिक सांझमा टिकट लिनेको संख्या बढेको टिकट संयोजक ऋषि गौतमले थाहा दिएका छन् ।


 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif