Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

नेपालको सबैभन्दा ठूलो पुरस्कार रहेको फोटो प्रतियोगिताको घोषणा


२०७६ पौष २० गते , आईतवार प्रकाशित

  प्रतियोगितापछि काठमाडौं  मोफसलका  स्थानमा प्रदर्शनी हुने  
 फोटो अफ दि इयरलाई  लाख रुपैयाँ पुरस्कार दिइने
  सात विधामा भाग लिन पाइने
 व्यवसायिक  सौखिन फोटोग्राफर तथा फोटोपत्रकारले भाग लिन पाउने
 फोटो दर्ता पुस २० देखि माघ १७ २०७६  राति ११ बजेर ५९ मिनेटसम्म गर्न सकिने                                                                           काठमाडौं  / फोटो जर्नलिस्ट क्लबनेपालले विगत  वर्षदेखि बर्सेनि आयोजना गर्दै आएको फोटो प्रतियोगिताको  औं संस्करण नेपाल फोटो प्रतियोगिता २०७६ को घोषणा गरेको   क्लबले पुस २० गते आइतबार कमलादीस्थित होटल रोयल सिंघीमा एक कार्यक्रमको आयोजना गरी Nepal photo contest 2076 को घोषणा गरेको हो 

ग्लोबल आइएमई बैंक नेपाल तथा आइएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले नेपाल फोटो प्रतियोगिता २०७६ सुुरु भएको घोषणा गरेका थिए  उनले आफूले खिचेको फोटोलाई फोटो प्रतियोगितामा समावेशका लागि अनलाइन इन्ट्री गरी प्रतियोगिताको शुरुवात गरेका  थिए  विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले आईतबारबाटै फोटो दर्ता गराउन सक्नेछन्  क्लबको आधिकारिक वेभसाइट www.pjclub.com.np वा www.npc.photonepal.trevel मा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने क्लबले जनाएको   प्रतियोगितामा व्यावसायिक  सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् 

 प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन्  तरखेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्बिर भने समावेश गराउन पाइने   उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै  कतै देखिएको हुनु पर्ने   आईतबारबाटै सुरु हुने दर्ता प्रक्रिया माघ १७ २०७६ मध्यरातमा १२ बजे बन्द हुनेछ 

कार्यक्रममा सबै अतिथिलाई फोटो पत्रकार क्लब नेपालकी महासचिव श्री श्रुती श्रेष्ठले स्वागत गरेकी थिइन्  फोटो प्रतियोगिताको घोषणासँगै गत वर्षको फोटो प्रतियोगितामा समावेश फोटोहरूको संग्रह पुस्तक Nepal Land of Contrast-V पनि लोकार्पण गरिएको थियो 



कार्यक्रमका
 अतिथि ग्लोबल आइएमई बैंक तथा आइएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालनेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति श्री गोपाल चित्रकारनेपाल पर्यटन बोर्डका निमित्त निर्देशक श्री विमल कँडेलशिखर इन्स्योरेन्स प्रालिका वरिष्ठ प्रवन्धक श्री सुरज राजवाहकअर्घाखाँची सिमेन्ट प्रालिका कामु महाप्रवन्धक श्री रमेश थापामनराम ग्रुपका संरक्षक श्रीमती मनमाया श्रेष्ठ  फोटो जर्नलिस्ट क्लब नेपालका अध्यक्ष श्री विकास कार्कीले Nepal Land of Contrast-V फोटो पुस्तकको लोकार्पण गरेका थिए 

अतिथिहरूको स्वागत गर्दै डिस मिडियाका उपमहावन्धक श्री सञ्जय राजभण्डारीले फोटो जर्नलिस्ट क्लबले आयोजना गर्दै आएको फोटो प्रतियोगितामा सहकार्य गर्न पाउनु गर्वको विषय रहेको  यस्ता कार्यमा फोटो जर्नलिस्ट क्लबसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएका छन्  यसैगरी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ प्रवन्धक श्री सुरज राजवाहकले  वर्षदेखि कम्पनीले फोटो प्रतियोगिता आयोजनामा फोटो जर्नलिस्ट क्लबसँग सहकार्य गरिरहेको बताए  उनले यसपल्टको फोटो प्रतियोगिताको सफलताका लागि क्लबलाई शुभकामनासमेत दिएका थिए 

त्यस्तैनेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति श्री गोपाल चित्रकारले स्थापनाको छोटो समयमा नै क्लबले ठोस उपलब्धि हासिल गरेको उल्लेख गरे  ‘यो फोटो जर्नलिस्ट क्लबको अवधारणा एउटा सानो कोठामा भएको थियो,’ उनले भने,‘तर यसले स्थापनाको यति छोटो समयमै पाएको उपलब्धि निकै गौरवशाली   

उनले फोटो जर्नलिस्ट क्लबको आयोजनामा हुने फोटो प्रतियोगिताको तुलना साहित्य विधाको मदन पुरस्कार जत्तिकै भएको उल्लेख गरे ।  चित्रकारले यो प्रतियोगिता फोटो विधाका लागि मदन पुरस्कार जत्तिकै भएको उल्लेख गर्दै फोटो पत्रकारका लागि यसमा विजयी हुनु मदन पुरस्कार जितेसरह नै भएको बताए  कार्यक्रमका अर्का वक्ता पर्यटन बोर्डका कामु निमित्त निर्देशक श्री विमल कँडेलले क्लबको फोटो प्रतियोगिताजस्तो कार्यक्रममा पर्यटन बोर्ड जोडिन पाउँदा खुसी लागेको बताए  उनले यस्ता फोटो प्रतियोगिताले बोर्डलाई स्ट्राटेजिक टुरिज्म प्लेटफर्मका लागि सहयोग पुग्नेसमेत उल्लेख गरे 

 उनले वन्यजन्तुपर्वतीय फोटो प्रदर्शनी तथा थाई  चिनियाँ फोटोग्राफरका फोटो प्रदर्शनी आयोजना गर्दै आएको जानकारी दिए 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif