Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

बागलुङ महोत्सब तारो हान्ने खेल : म्याग्दी जिल्लाको दबदबातारो


२०७६ पौष २० गते , आईतवार प्रकाशित


 सीताराम थापा                                                                         
  नेपाल भ्रमण बर्षमा धुमधामले आरम्भ गरेको बागलुङ महोत्सव २०७६ अन्तर्गत तारो हान्ने आकर्षक खेल आज आईतवार सम्पन्न भएको छ । तारो हान्ने खेल प्रतियोगितामा बागलुङ, म्याग्दी, मुस्ताङ कास्की–पोखराबाट पनि प्रतियोगीका रुपमा सक्रिय सहभागी भएकोमा अधिकांस पुरस्कार म्याग्दी जिल्लाका खेलाडीहरुले हात पारेका आयोजकका अध्यक्ष युवराजराज भण्डारीले बताए ।  महोत्सवको विशेष आकर्षण र नयाँ खेलको रुपमा राखिएको उक्त खेलमा ९ समूहले सहभागिता जनाएका थिए ।


   प्रतियोगितामा म्याग्दीको मंगला आर्चरी क्लब प्रथम भएको छ । म्याग्दीकै रिभरसाईड आर्चरी क्लव बेनी बजार द्वितीय र म्याग्दी पोखरा मगर समाज तृतीय भएका आयोजक महासचिब नरेश कंडेलले जानकार दिए । प्रतियोगितामा प्रथम भएको मंगला आर्चरी क्लबले नगद ४५ हजार, द्वितीय रिभरसाईड आर्चरी क्लब बेनीले २५ हजार र तृतीय भएको म्याग्दी पोखरा मगर समाजले १५ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार पाएका खेलाडीहरुले बताए।प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिएको थियो  ।                  म्याग्दीकै मंगला आर्चरी क्लबका सन्तोष रोका उत्कृष्ट खेलाडी हुँदै नगद चार हजार पुरस्कार पाउँदा बागलुङ जिल्ला गलकोटको रुष्टी युवा क्लबका दुर्गा घर्ती सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । घर्तीले पनि नगद चार हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा छिमेकी जिल्ला म्याग्दीका खेलाडीको दबदबा देखिएको हो।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif