Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

सरकारहरुको दाबी र जनताको सच्चाई


२०७६ पौष १९ गते , शनिवार प्रकाशित

  बिश्वभरीका प्राय सबै सत्ताधारीहरुले आफ्ना उपलब्धीहरुको चाहे जतिसुकै बखान गरुन् सत्य के हो भने आम जन साधारणका कठिनाईहरु कम हुने कुरा अझै पनि टाढाकै कुरा छ । बरु त्यसको ठिक बिपरीत नयाँ नयाँ समस्याहरु जनताका सामुमा उपस्थित हुँदै आएका र कठिनाईहरु थपिदै आएका छन् ।

    बहुराष्ट्रिय मार्केट रिसर्च कम्पनी इप्सासको सर्बेक्षण ‘ह्वाट वरिज द वल्र्ड ग्लोबल सर्भे’बाट के थाहाँ हुन्छ भने  बिभिन्न देशका जनताका बेग्ला बेग्लै समस्या र चिन्ताहरु अबश्य  छन । खाश गरेर कतिपय देशहरुलाई  आतंकबाद र बेरोजगारीको चिन्ताले नै उनीहरुलाई सबैभन्दा बढी सताएको देखिन्छ । कतिपय देशहरुलाई बरोजगारी, भ्रष्टाचार जस्ता बिषयले ।  मूलतः आर्थिक र राजनीतिक भ्रष्टाचारले कतिपय देशहरुका जनतालाई कम सताएको छैन । नेपाल पनि भ्रष्टाचाले पीडित देशहरुमध्येको एउटा हो ।


  अर्कोतिर बजारको दृष्टिले महत्वपूर्ण मानिने २८ देशहरुको सरदर ५८ प्रतिशत नागरिकहरुले के मानेका छन् भने उनीहरुको देश नीतिकै सम्वन्धमा भड्किएका छन् । यस किसिमले सोच्ने गरेका देशहरुमा सबैभन्दा बढी दक्षिण अफ्रिका, स्पेन, फ्रान्स, तुर्की र बेल्जियमका नागरिकहरु रहेका छन् । यी देशहरुमध्येमा आर्थिक तथा राजनीतिक भ्रष्टाचार, गरीबी र सामाजिक असमानता धेरैजसो देशमा आज सबैभन्दा ठूला मुद्दा बनेर रहेका छन् । बेरोजगारी, अपराध, हिंसा र स्वास्थ्य सम्बन्धि चिन्ताहरु पनि यस पछि त्यहाँ आउँदछन् । 

  आफ्नो सरकारमा सबैभन्दा बिश्वास चीनका नागरिकहरुमा रहेको प्रतिबेदनले देखाइएको छ । चीनका १० मध्ये ९ जना मानिसले आफ्नो सरकारको नीतिलाई सही दिशामा गइरहेको मान्दछन् ।  यो अनलाईन सर्बेक्षण २८ देशहरुका ६५ बर्षभन्दा कम उमेरका मानिसहरुका बीचमा प्रायः प्रत्येक महिना गर्ने गरिएको छ । यस नियमित सर्बेक्षणमा तत्कालिक घटनाहरुको ठूलो असर रहेको हुन्छ । यद्यपि कहिले कुन घटनाले कहिले कुन घटनाले तत्कालीन चिन्ताको बिषयमा फरक पारेको देखिए पनि  सबैभन्दा ठूलो चिन्ता बेरोजगारीको रहेको ती सर्बेक्षणहरुले औल्याउँदै आएका छन्  ।

      यदाकदा आतंकबादले सताए पनि हाम्रो दक्षिणी छिमेकी  भारतमा रोजगारीको चिन्ता सबैभन्दा माथि रहेको कुराको पुष्टी अन्य यस्तै सर्बेक्षणले पनि गरेको छ । गएको महिनामा ‘प्यू रिसर्च सेण्टर’को प्रतिबेदनमा ७६ प्रतिशत बयस्क मानिसहरुले बेरोजगारीलाई अत्यन्तै ठूलो  समस्या बताएका थिए । यसले भारत रोजगारीको मोर्चामा बिफल रहेको प्रष्ट पार्दछ । त्यहाँको एउटा तप्काले एनएसएसओको हवाला दिदै के भन्दछ भने २०१७÷१८ मा बेरोजगारीको दर ६.१ प्रतिशतसम्म पुगेको थियो जुन बितेको ४५ बर्षमा सर्बोच्च स्तरमा पुगको मानिएको छ । तर यो तथ्यांकलाई त्यहाँको सरकार भने मान्न तयार छैन ।

   यी सबै कुराका बीच इप्सास सर्बेक्षणमा बिभिन्न देशका सरकारका लागि के सन्देश रहेको छ मानिसहरुका लागि रोजी रोटीसँग जोडिएका समस्या र कठिनाईहरुलाई पनि शान्ति सुरक्षाका प्रश्नहरु  जत्तिकै ध्यान दिनु आबश्यक रहेको सर्बेक्षणका अनुसार कहिले के कहिले घटनाको असर अबश्य रहेको हुन्छ तर मूलरुपमा बेरोजगारी र असमानता नै टढ्कारोरुपमा देखापर्ने गरेको  आजको बिश्वको तस्वीर रहेको छ ।

  नेपालमा त बेरोजगारी सम्वन्धि कुनै राष्ट्रिय या अन्तर्राष्ट्रिया अनुसन्धान संस्थाले अनुसन्धाननै गर्नु पर्दैन । देशको जनसंख्याको करीब एक तिहाई जनसंख्या(यूवाशक्ति)देशमा रोजगारीको अभावमा बैध अबैधरुपमा बिदेश पलायन हुन बाध्य छ । बिदेशमा पलायन भएका यो यूवा शक्तिको अनेक पीडा, झमेला र ठगीको कथा ब्यथा पनि थप छँदैछ  । सरकारमा बसेकाहरुले किसानका सामान्य समाधान गर्न सकिने समस्या पनि हल गर्ने तत्परता छैन । अहिलेको ऊखु किसानको समस्या त्यसको ज्वलन्त उदाहरण हो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif