Monday, 21 September, 2020    |    २०७७ आश्विन ५ गते , सोमवार

नेपाल भ्रमण बर्षलाई सफल पार्ने हो भने


२०७६ पौष १७ गते , विहीवार प्रकाशित

  नेपाल भ्रमण बर्षको भब्य शुरुवात भयो अग्रेजी नयाँ बर्ष जनवरी १ का दिन । यो कत्तिको किफायती, मीतब्ययी, फारोतिनोकासाथ सम्पन्न भयो यसको लेखाजोखा अबश्य हुँदै जाला । अनि आगामी दिनमा अब थप के कस्ता कदमहरु चालिने हुन् त्या पनि जाहेर हुनेनै छ । आगामी डिसेम्बरसम्ममा अर्थात यो जनवारीदेखि शुरु भएर आउदो १२ महिनामा २० लाख पर्यटन भित्र्याउने महत्वकांक्षी योजना लिएको यो अभियानले महिनाको सरदर झण्डै १ लाख ६७ हजार पर्यटक नेपाल प्रवेश गराउन सक्नु पर्दछ । हरेक महिनामा उत्तिकै संख्यामा पर्यटक नेपाल आउन नसके पनि नेपालको भौगोलिक बनावट र पर्यटकीय गन्तब्य स्थलको हिसाबले भने पर्यटन आउन ठप्प रोकिने कुरामा त्यत्तिको चिन्ता लिइरहनु पर्ने देखिदैन । तर मूख्य कुरा पर्यटकहरु गन्तब्यस्थलसम्म पुग्ने र त्यहाँ रहने तथा त्यहाँबाट फर्किने पूर्वाधार सोचेजस्तो राम्रो नरहेको कुरा प्रष्ट नै छ । यो चूनौतिको सामना गर्न अहिले पनि पुरानै पूर्वाधारमा भरपर्नु पर्ने स्थिति छ । भएका जे जस्ता पूर्बाधारहरु छन् त्यसैमा भर परेर चल्नु बाहेक अरु कुनै बिकल्प अहिलेका लागि छैन ।     हुन पनि हाम्रा लागि पर्यटकीय गन्तब्य स्थल चाहे ती,प्राकृतिक हुन्, ऐतिहासिक हुन् या साँस्कृति या धार्मिक महत्वका हुन् तिनको कमी छैन । त्यस्ता दर्शनीय र आकर्षक गन्तब्यहरु  हिमाल, पहाड, तराई जताततै खडा छन् । केवल ती स्थल नजिक पर्यटकहरुालाई कसरी पु¥याउने, पुग्ने, रहने र फर्किने यही नै हाम्रा चिन्ता, चासो र सोचको पहिलो र महत्वपूर्ण बिषय बस्तु हो र हुनुपर्ने हो । त्यसका लागि अहिलेका चालु गन्तब्य स्थल र चालु पूर्वाधारका बीच के कसरी दक्षतापूर्वक र  समन्वयात्मक किसिमले संयोजन र परिचालन गर्ने हो त्यसमा ध्यान केन्द्रित गर्नु पर्ने देखिन्छ । बास्तवमा यति कुरामा राम्रोसँग ध्यान केन्द्रित गर्न सकेमा र त्यसका कुनै किसिमले कमी आउन र ब्यवधान खडा हुनबाट जोगिन जोगाउन सकेमा अहिलेको लागि सोचेको संख्यामा पर्यटकहरु भित्रिदा पनि त्यत्ति हम्मे हम्मे परिहाल्ला भन्ने देखिदैन ।     हाम्रा पर्यटकहरु यहाँका आलिसान होटेलहरु, सुबिधाहरु के कस्ता छन् भनेर हेर्न आउने एकदमै नगण्य होलान् । जो यहाँ आउँदछन् तिनले नेपालको अर्थ–राजनीति–सामाजिक अबस्था नबुझेका छैनन् नै र अधिकांशले बुझेर आएका हुन्छन् र आउँदछन् । उनीहरुको मूख्य उदेश्य चाहे ती प्राकृतिक, या ऐतहिसिक या साँस्कृति या धार्मिक स्थलहरुको भ्रमण अबलोकन  नै हो । त्यसैले प्रष्ट छ, पर्यटकहरु हिमाली क्षेत्र, काठमाण्डौ उपत्यका, लुम्बिनी, जनकपुर, चित्तवन रारा लगायतका क्षेत्रमा बढी केन्द्रित हुनेछन् र थप स्थलहरु बिस्तार गर्न सकिने सम्भ्वानाहरु पनि छँदैछन् ।     सर्सरी तथ्यांक हेर्दा ऐलेसम्म हाम्रोमा तारे होटेल १२९ समान्य होटे ११२४, होटलमा जम्मा बेडसंख्या ४०,८५६, ट्राभेल एजेन्सी ३५०८, ट्रेकिङ्ग एजेन्सी २६४९ र टुरिस्ट गाईडको संख्या ४१६ रहेको देखिन्छ । काठमाण्डौको बिमान स्थल पछि अन्तर्राष्ट्रिय बिमान उत्रन निर्माण पूरा हुन लागेको गौतमबुद्ध बिमान स्थल पूरा हुन अझै ६ महिना समय लाग्ने बताइन्छ । अरु आन्तरिक उडानका लागि पनि स्तरीय बिमान स्थलहरुको कमी छँदैछ ।   हाम्रा यी हवाई यातायात, होटल लगायतका पूर्बाधारहरु रातारात बनाउन सकिने कुरा पनि होइन । तिनलाई केही सुधार्न सच्याउन र मर्मत सम्भार मात्र आंशिकरुपमा गर्न सकिएला । पर्यटन बर्ष घोषणा गरिसकेपछि ठूला पूर्वाधारहरुका  बारेमा चिन्ता लिनु पनि समय खेर फाल्ने कुरा मात्र हुन्छ । त्यसैले भएका पूर्बाधारलाई सुरक्षित किसिमले सदुपयोग गर्ने स्तरमा कायम राख्नु अहिलेको सबैभन्दा उपयुक्त र चूनौतिपूर्ण कार्य हो । अरु कुनै स–सना बैकल्पिक उपायहरु हवाई यातायात खाशगरी ट्वीनओट्टर हेलीकोप्टर जस्ता अस्थाई उडान भर्न र गर्न सकिने कुरामा पनि थोर बहुत भर पर्नपर्ने हुन सक्छ । यतातिर सम्बन्धित सबैको ध्यान गएकै हुुनु पर्दछ ।   जहाँसम्म पर्यटन आगमनको कुरा छ त्यो त चीन र भारतकै पर्यटकहरु बढीभन्दा बढी भित्रिने हुन् । अनि त्यसपछि दक्षिण एशियाका अरु मुलुक, एशिायाली, यूरोपेली र अ‍ेमरिकी तथा अफ्रिकी मुलुकतिर पनि त्यानाकर्षित गर्ने गरी प्राथमिकता तोकिनु पर्दछ । यसरी यो भ्रमण बर्षमा अब कतातिर  बढी ध्यान दिएर अपेक्षित लक्ष पूरा गर्न सकिन्छ त्यताति आजैदेखि लाग्न र प्रोत्साहित गर्न सक्नु र सिक्नु उपयुक्त हुन्छ ।हामीकहाँ आउने अधिकांश पर्यटकहरु मूलतः यहाँ सस्तो र समान्य अबस्थामा बस्न, खान पाइन्छ र सामान्य मानबोचित सुबिधाबाट बञ्चित हुनु पर्र्दैन भन्ने हेतुले आएका हुन्छन् । ती सबै कुराहरुमा अधिकतम ध्यान नेपालले दिएकै हुनु पर्दछ र यसमा कुनै कमी आउन दिइनु हुदैन । त्यसरी मात्र आगामी दिनमा बढी पर्यटक आकर्षित गर्न सकिन्छ ।     

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif