Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

सांसद अभिषेक प्रताप शाह बिरुद्ध अबरुद्ध सडक


२०७६ पौष ११ गते , शुक्रवार प्रकाशित

नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचि प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहको विरुद्धमा सडक अवरुद्ध गरिएको छ । नेपाली ंअभिनेता श्यामकुमार मिश्रालाई कुटपिट गरेको भन्दै स्थानीयहरुले कारवाहीको माग गर्दै सडक अवरुद्ध गरेका हो । बुधवार मिश्रका समर्थकहरुले चन्द्रौटा–कृष्णनगर सडकखण्डमा सवारी आवतजावतमा रोक लगाएका हुन् ।   गत पुष ५ गते आफ्नै घरमा बोलाएर मिश्रालाई निर्घात कुटपिट गरेको सांसद शाहमाथि आरोप लागेको छ ।    यस सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वमा बृहस्पतिवार बिहान ४ बजेदेखि ६ बजेसम्म आमहडताल गरेको राप्रपा जिल्ला उपाध्यक्ष प्रेम शंकर शुक्लाले बताएका छन् ।   सांसद शाह र उनका गाडीका चालक शशिकान्त कास्यपले कोठामा थुनेर कुटेको पीडित पक्षको भनाई रहेको छ । पटक पटक सांसद शाहले मिश्रालाई फोन गरेर बोलाएको कारण मिश्रा सांसद निवास पुगेको पीडित मिश्राले बताए ।   मिश्राको शरीरमा गम्भीर चोटपटक भएका कारण बहादुरगंजमा रहेको शिवराज अस्पतालबाट बुटवल रिफर गरिएको थियो ।   मिश्रालाई सांसद शाह र उनका ड्राइभरले कुटपिट गरेको भन्ने जानकारी प्रहरीमा आएको कपिलवस्तुका प्रहरी उपरीक्षक दिपशम्शेर जबराले पुष्टी गरे । घटनालाई राजनीति मोडमा लगेकोले प्रहरीलाई घटना मिलाउन दबाव परेको बुझिाएको छ ।   घटनाबारे अनुसन्धान भइरहेको भन्दै दोषीलाई कारवाही गरिने प्रहरी उपरीक्षक जबराले बताए ।    यता सांसद शाहले भने आफ्नो ड्राइभर र मिश्रा बीच कुटपिट भएको तर आफूले नकुटेको भन्दै विज्ञप्ति जारी गरेका छन् ।   मिश्राले मदिरा सेवन गरेको कारण ड्राइभरसँग बिवाद भएको सांसद शाअले बताए । ‘मैले मिश्रामाथि हातपात तथा कुनै दुव्र्यवहार गरेको छैन, बरु श्याम मिश्राले नै मलाई अपशव्द प्रयोग गरी बेईज्जत गर्न खोजिएको हो’ सांसद शाहको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif