Thursday, 04 June, 2020    |    २०७७ जेष्ठ २२ गते , विहीवार

महान क्रान्तिकारी मार्क्सबादी नेता माओको स्मरणमा !


२०७६ पौष १० गते , विहीवार प्रकाशित


लोकनारायण सुबेदी

  बिश्व कम्युनिष्ट आन्दोलनमा मजदुर बर्गको नेतृत्वमा मजदुर किसान एकताको आधारमा सफल नयाँ जनबादी क्रान्तिको नेतृत्व गर्ने चिनीय श्रमजीबी जनताका एक मात्र क्रान्तिकारी मार्क्सबादी  नेता माओत्सेतुङ्ग मानिन्छन् । उनको जन्म २६ डिसेम्बर १८९३ मा हुनान प्रान्तको साओसानमा भएको थियो भने निधन ९ सेप्टेम्बर १९७६मा राजधानी बेइजिङ्गमा भएका थियो   । चीनीयाँ समाजको आमूल क्रान्तिकारी परिवर्तनको राजनीतिक बिचार, सिद्धान्त र नीतिका प्रतिपादक तथा चीनीयाँ कम्युनिष्ट पार्टीका सबैभन्दा प्रभावशाली नेता अध्यक्ष माओ त्सेतुङ्गकै नेतृत्वमा लामो समय समयसम्म सामन्तबाद तथा साम्राज्यवादको चुंगलमा फँसेको चीन र चीनीयाँ जनताको मुक्तिको ढोका खोल्दै उहाँकै नेतृत्वमा १९४९ मा चीनमा नयाँ जनबादी क्रान्ति सम्पन्न भएको थियो । चीनीया कम्युनिष्ट पार्टीका अध्यक्ष माओलाई चीनका र तेश्रो बिश्वका खाशगरी अर्ध(सामन्ती, अर्ध(औपनिवेशिक स्थितिबाट मुक्तिको निमित्त संघर्षरत देशहरुका जनताको बीचका मार्म्सवादी–लेनिनबादी मार्गदर्शक मानिन्छ । वास्तवमा मार्क्सवाद लेनिनवादलाई चीनीयाँ समाजमा रचनात्मक किसिमले प्रयोग गर्ने क्रममा माओबिचारधाराको बिकास भएको हो । जसलाई १९४५ सम्पन्न चीनीयाँ कम्युनिष्ट पार्टीको सातौ राष्ट्रिय महाधिवेशनद्वारा चीनीया कम्युनिष्ट आन्दोलनको ठोस अनुभवको रुपमा त्यसलाई अनुमोदन गरियो र तदुपरान्त मार्क्सवाद लेनिनवाद माओ बिचारधारा चीनीयाँ कम्युनिष्ट पार्टी मर्गदर्शक सिद्धान्त बन्न पुग्यो । त्यसै अधिवेशनले कम्युनिष्ट पार्टीको विधानमा नै मार्गदर्शक सिद्धान्तकोरुपमा मार्क्सवाद लेनिनबाद माओ बिचारधारलाई बिधिबत अंगिकार गरियो । सर्ब प्रथम मार्क्वादी लेनिनवादी सिद्धान्तका आधारमा समाजको बर्गीय बिश्लेषण र सश्लेषण गरी चीनयाँ समाजको अग्रागामी बिकासका अबरोधक शक्तिहरु को को हुन् भन्ने पत्तो लगाएर मूख्य अबरोधक शक्ति सामन्तबाद,नोकरशाही दलाल पूँजीवाद र त्यसलाई आड भरोसा दिने बाह्य साम्राज्यवादी शक्तिहरुका बिरुद्ध चीनीयाँ जनतालाई गोलबन्द गर्ने र मूलतः शोषित पीडित जनतामाथि नै भरपर्ने तथा उनीहरुलाई नै जगाउने, उठाउने र अघि बढाउने महत्वपूर्ण नीतिकासाथ माओले चीनीयाँ नयाँ जनवादी क्रान्तिको प्रष्ट मार्ग चित्र कोरे । अनि त्यसलाई सफलताको चरणसम्म अघि बढाउन मजदुर, किसान, यूवा बिद्यार्थी, बुद्धिजीवी, राष्ट्रिय पूँजीपति तथा उत्पीडित जन समुदायको नेतृत्व प्रदान गर्ने र तिनलाई एकताबद्ध तुल्याउने अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक भूमिका खेले । उनले लेनिनले पूर्बका पिछडिएको कृषिप्रधान देशहरुमा समाजवादी क्रान्ति होइन जनवादी क्रान्ति हुन्छ र त्यो क्रान्तिमा किसान बर्गको महत्वपूर्ण भूमिका हुन्छ भन्ने जुन मान्यता महान अक्टोबर समाजवादी क्रान्तिको काल क्रममा बिकसित गरेका थिए त्यसलाई चीनीया समाजको सन्दर्भमा अध्यक्ष माओले बिशद रुपमा बिश्लेषण र सश्लेषण गर्दै नयाँ जनवादको थप ब्याख्या गर्ने, प्रष्ट तुल्याउने र त्यसलाई अझ सबृद्ध पार्ने काम गरे । मूलतः त्यसै कारणले नै मार्क्सवाद लेनिनवादमा माओ बिचारधारा पनि जोडिन आइपुगेको हो । त्यति मात्र होइन, सोभियत संघमा स्तालिनको देहाबसान पछि सत्तामा आएको निकिता ख्रुश्चोभयताको नेतृत्वले शान्तिपूर्ण संक्रमण, आर्थिक होड र सबै जनताको राज्य भन्ने बर्ग संघर्ष बिरोधी जुन बर्गीय बिचलनकारी दृष्टिकोण अख्तियार ग¥यो त्यसको पनि मओले सैद्धान्तिक खण्डन मण्डन गर्दै मार्क्सवाद लेनिनबादको क्रान्तिकारी सुद्धताको सैद्धान्तिक रक्षा गर्ने महत्वपूर्ण काम पनि गरे ।


  आज हामीकहाँ राजतन्त्रको अन्त्य भएपछि बिना आधार सामन्तबाद तथा साम्राज्यबादलाई समूल नष्ट गर्ने नयाँ जनबादी क्रान्ति सम्पन्न नगरी समाजबादमा प्रबेश गर्ने भन्ने हचुवा र आधारहीन कुरा अघि सारिदैछ यस परिप्रेक्षमा चीनको नयाँ जनबादी क्रान्तिको चरणमा चीनमा कम्युनिष्ट पार्टी गठन नै नभएको र रुसमा समाजबादी क्रान्ति नै नभएको बेला सन् १९११ मा डा.सनयात सेनको नेतृत्वमा सम्पन्न क्रान्तिले चीनको राजन्त्र अर्थात मञ्चु बंश नेतृत्वको अन्तिम राजतन्त्रको अन्य गरिसक्दा पनि चिनीयाँ जनताको क्रान्किो कार्यक्रम नयाँ जनवादी नै थियो । त्यो पनि खाशगरी १९३५ को चिनीयाँ कम्युनिष्ट पार्टीको चुनई सम्मलेनले माओलाई पार्टीको अध्यक्षमा निर्बाचित गरिसकेपछि बिकसित र ब्याख्या गरिएको नयाँ जनबादी कार्यक्रमले चिनीया जनताको तत्कालीन मूख्य दुश्मन आन्तरिक रुपमा सामन्ती दलाल, नोकरशाही पूँजीवाद र बाह्यरुपमा सम्राज्यबाद भनेर प्रष्ट पारेको थियो । यस ऐतिहासिक यथार्थले एकातिर बर्गीय शोषणको मारमा परेका चिनीया श्रमजीवी जनता–मजदुर, किसान, राष्ट्रिय पूँजीपति बर्ग र अर्कोरित बिभिन्न समाजिक उत्पीडनमा परेका जन समुदायका महिला, यूवा एबं चिनीया समाजका सबै जातिका जन समुदाय समेतको एकताबद्ध आन्दोलनको सुत्रपात गर्ने र ती सबै तह र तप्काका जनतालाई घरेलु प्रतिकृयाबाद–सामन्तबाद र बाह्य साम्राज्यबादका बिरुद्ध गोलबन्द गरिएको थियो । यस चिनीया जन क्रान्तिको परिप्रेक्षले हामीले राजतन्त्रको अन्त्य पछि कुन बाटो र दिशा लिनुपर्ने रहेछ भन्ने कुराको प्रष्ट रुपरेखा दिन्छ ।


  बस्तुतः बर्ग संघर्ष, उत्पादन संघर्ष र बैज्ञानिक प्रयोग अध्यक्ष माओले चिनीया समाजमा बिकसित गरेका  यस्ता महत्वपूर्ण मार्क्सबादी लेनिनवादी र ऐतिहासिक सुत्रहरु थिए र छन जसले चीनीया समाज बिकासलाई अग्रगति प्रदान गर्दथे र तिनलाई सही पर्रि्रेक्षमा बुझेर अघि बढ्न सके क्रान्ति सम्पन्न हुन्छ, त्यसका उपलब्धीहरुलाई सुदृढ बढाउन सकिन्छ तथा समग्रमा देशलाई जन समर्पित चौतर्फी समृद्धीको सही दिशामा अग्रसर तुल्याउन सकिन्छ भन्ने उनको ब्यवहारिक र यथार्थ बस्तुगत आधारमा आधारित दृष्टिकोण थियो । तर यी महत्वपूर्ण कडीहरुलाई ठिक ढंगले पक्रिन नसक्दा चीनीयाँ कम्युनिष्ट पार्टीभित्र क्रान्तिपछि जुन उग्र भड्काव आयो परिवर्तित समाजमा साँस्कृतिक क्रान्तिलाई ठीक किसमले पक्रन र बुझन नसक्ता त्यो बर्ग संघर्ष, उत्पादन संर्घष र बैज्ञानिक प्रयोगको मूलबाटोबाट बिचलित भयो र नेताहरुको आलोचनामा मात्र केन्द्रित हुन पुग्यो । त्यसले गर्दा चीनीया क्रान्तिका सफल प्रणेता तथा प्रयोक्ता माओलाई समेत अनाबश्यक बिवादमा तान्ने धृष्टता गरियो ।   तर माओले चीनीयाँ समाजको क्रान्तिकारी रुपान्तरण र आमूल परिवर्तनको जुन बाटो देखाउदै अतुलनीय योगदान दिएका थिए र सफल नेतृत्व प्रदान गरेका थिए त्यसलाई चीनीया जनता, समाज र चीनीयाँ कम्युनिष्ट पार्टीले बिर्सन सक्ने कुरै थिएन । त्यसैले चीनीयाँ कम्युनिष्ट पार्टीले मार्क्सवाद लेनिनवाद र माओ बिचारधारालाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने कुरामा कुनै द्विबिधा देखाएन । बरु त्यसमा समृद्ध पार्ने चिनीया समाजलाई चौतर्फीरुपमा एक पछि अर्को प्रगति र सफलताको मूलबाटो अघि ढाउने प्रयत्न गरिदैछ र जनवादी क्रान्तिको चरणको उच्चतम बिन्दूतिर अघि बढ्ने कार्य र कार्यक्रम भइरहेको छ र अब  त्यसलाई  चिनीयाँ चरित्रको समाजबादको दिशामा अग्रसर गराउदै उच्चतम बिन्दूमा पु¥याउन चिनीयाँ सपना साकार पार्ने भनिदैछ ।  वास्तवमा चीनीया कम्युनिष्ट पार्टीले चीनलाई चार अधुनिकीकरणको मूलतः सही बाटोमा र्डोयाउने जुन काम अघि बढाउदै र आधुनिकीकरणको बाटोमा शतत अग्रसर गराउदै आएको छ त्यो अध्यक्ष माओकै बर्ग संघर्ष उत्पादन संघर्ष र बैज्ञानिक प्रयोगको बिकसित रुप बाहेक अरु केही होइन भनिदैछ ।  यद्यपि सामन्तबादका सम्पूर्ण अबशेषबाट समजालाई सबै किसिमले मुक्त नगरी र राष्ट्रिय पूँजीवादको बिकास नगरी पूँजीवादभन्दा उन्नत, बैज्ञानिक र सारमा गुणात्मकरुपले परिवर्तित समाजवादी समाज निर्माण हुन सक्तैन भन्ने चीनको कम्युनिष्ट पार्टीले ब्याख्या गर्दै आएको छ र त्यसै आधारमा अहिलेको स्थितिलाई ’चिनीया चरित्रको समाजबाद’ भन्ने संक्रमणकालीन नयाँ जनवाद र बैज्ञानिक समाजवाद बीचको अन्तरिम संक्रमण कालीन स्थितिकै रुपमा समाजको बिश्लेषण गर्दै आएको छ । यसलाई कतिपय कम्युनिष्टहरुले ‘चीनको बर्ततमान सत्तालाई पूँजीवादमा पत्तन र साम्राज्यबादमा बिकसित’ भएको संज्ञा दिदै त्यसलाई रुसकै ‘खु्रश्चोभ–गोर्बाचोभ’ गलत बाटोमा लागेको निष्कर्श पनि निकाल्दै आएका छन् भने कतिपयले चीनको बिकास र बर्तमान बिश्व परिप्रेक्षलाई सावधानीपूर्बक र संबेदनशीलताकासाथ हेर्दै र केलाउदै 
चीनको भूमिकालाई बिश्लेषण गरिरहेका छन् ।



  सोभियत संघको बिघटन पछि चीनमा आज अर्थ(राजनीतिक बिकास जे जसरी हुँदै आएको भए पनि चीनमा माओलाई महान क्रान्तिकारी, राजनीतिक रणनीतिका योजनाकार, सैनिक रणनीतिका पूरोधा तथा देशको शतत रक्षक नेता मात्र होइन, आर्थिक, प्राबिधिक तथा साँस्कृतिक बिकासका साथसाथै चीनलाई बिश्वमा एउटा प्रमुख शक्तिकोरुपमा बिकसित तुल्याउन आधारभूमि तयार गर्न मूख्य भूमिका खेल्ने सर्बोच्च नेताकोरुपमा सम्मान गरिन्छ । माओ एक आधुनिक प्रगतिबादी दर्शनिक, दूरदर्शी नेता र कुशल प्रशासक पनि थिए र उनी एक संवेदनशील हृदय भएका कबि पनि थिए । चीनयाँ समाज र तेश्रो बिश्वका सामान्तबाद तथा साम्राज्यवाद र उपनिवेशबादबाट आक्रान्त देशहरुका लागि अहिले पनि उनी एक मार्गदर्शक नेताको रुपमा रही रहेका छन् । सबै प्रकारका शोषण उत्पीडनबाट जनता र राष्ट्रको मुक्ति समुन्नति, स्वाधीनता र शान्ति चाहने सबैले माओका महत्वपूर्ण योगदानहरुलाई सदा सर्बदा सम्झिरहने छन् । यी नै उच्च सम्मानका भावनाकासाथ माओको १२६औ जन्म जयन्तिको अवसरमा उनीप्रति उच्च सहृदय क्रान्तिकारी शब्द श्रद्धा !  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif