Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

सूर्यलाई नजिकबाट बुझ्ने कोशिशकै बीच सूर्य ग्रहण


२०७६ पौष ९ गते , बुधवार प्रकाशित

मानिसले आदि कालदेखि नै बिभिन्न किसिमले सूर्यको उपासना गर्दै आएको छ । यसका पछाडि ठोस कारणहरु पनि छन् । पहिलो प्रष्ट कुरा त के हो भने यही सूर्यले नै हाम्रो पृथ्वीमा जीवनको सञ्चालन गर्दछ । १५ करोड किलोमिटर टाढा भएर पनि सूर्यले प्रकाशकोरुपमा ऊर्जा र उष्मा पृथ्वीलाई प्रदान गरिरहेको छ । पृथ्वी र अन्तरिक्षबाट सञ्चालित अत्याधुकि दुर्बिनहरुले सूर्यको अहिले ब्यापक अध्ययन गरेका छन् । तर हाम्रो यो सौर्य मण्डलको महानायक सूर्यका बारेमा अझै पनि धेरै कुराहरु जान्न बाँकी नै छ । यसै कारणले अमेरिकी खगोल अध्ययन केन्द्र — नासा—ले हालैमा सूर्य तर्फ एउटा महत्वाकांक्षी मिशन पठाउने योजना बनाएको छ । त्यो मिशन सूर्य–‘सोलर प्रोब’ लाई आउदो बर्ष २०२०मा सञ्चालनमा ल्याइने बताइएको छ ।  

हुन त पहिला यो मिशानको नाम सोलार प्रोब प्लस राखिएको थियो । अहिले त्यसलाई बदलेर ‘सोलर प्रोब’ बनाइएको छ । यसो गरिनुको कारण भौतिकबिज्ञ यूजीन पार्करलाई सम्मानका लागि भनिएको छ,  जसले यो सूर्यबाट निस्कने ऊर्जा कण अर्थात् ‘सोलर वीण्ड’का सम्बन्धमा महत्वपूर्ण अध्ययन गरेका थिए । हुन त सूर्यको खोजबिनका लागि यो भन्दा पहिला पनि अनेक मिशनहरु पठाइसकिएका छन् । १९७६ मा हेलियोस् २ मिशन सूर्यको वायु मण्डल भन्दा केवल ४.३ करोड किलोमिटर टाढा रहेको थियो । तर १.५ अर्ब डलरको लागत लाग्ने पार्कर मिशन सूर्यको सतहबबाट मात्र ६० लाख किलोमिटर परसम्म पुग्ने बताइएको छ । अन्य यस्ता मिशनहरुको तुलनामा  यो यान सूर्यको नौ गुणा जति नजिक हुने छ ।


यो मिशनको सेन्सरले पहिलो पटक सूर्यमा हुन गइरहेका प्रकृयाहरुका सम्बन्धमा पत्तो लगाउने र त्यसको बिश्लेषण गर्न सक्ने बताइएको छ  । यद्यपि सूर्यको धेरै नजिक भएका कारणले त्यो यानले प्रचण्ड गर्मी झेल्नुपर्ने हुन्छ । त्यहा तापमान १४०० डिग्री सेल्सियस भन्दा माथि पुग्न सक्तछ । त्यसैले, यानका संबेदनशील उपकरणहरुलाई तीब्र उष्माबाट बचाउनका लागि कार्बन कम्पोजिटबाट बनेका ११.५ सेण्टिमिटर मोटो आवरणको प्रयोग गरिने भनिएको छ । त्यो प्रचण्ड तापमानमा अन्तरिक्ष यानलाई ऊर्जा प्रदान गर्ने सोलार प्यानलले आफुलाई समेट्ने छ  । यस कसरतबाट यानका उपकरणहरु र ऊर्जा श्रोत कायम रहेको तापक्रममा रहिरहनेछन् । यसका अतिरिक्त अन्तरिक्ष यानलाई पृथ्वीको कक्षको तुलानामा ४७५ गुणा बढी रेडिएशन पनि  झेल्नुपर्ने हुन्छ ।
 
यहाँ प्रश्न स्वाभाविकरुपमा के उठ्न सक्छ भने यत्रो जोखिम भरिएको मिशन हामी मानिसलाई के काम लग्छ ? सूर्यबाट उड्ने ऊार्जाबान कणहरुको आँधी पृथ्वीका लागि भयंकर ठूलो खतरा बन्न सक्तछन् । अन्तरिक्षको बिषम मौसमको अध्ययन गर्ने र गरिरहेका बिशेषज्ञहरुको के भनाई छ भने प्रचण्ड सौर्य आँधीको सामना गर्न अत्यन्तै चूनौतिपूर्ण हुनेछ । १८८९ को सौर्य आँधीबाट यूरोप र उत्तरी अमेरिकामा टेलिग्राफ तारहरुलाई अस्तब्यस्त तुल्याइदिएको थियो र त्यसबाट धेरै ठाउँमा आगलागी भएको थियो । यदि आजको दिनमा त्यस्तो आँधीको सामना गर्नप¥यो भने त्यसमा असर अझ ब्यापक हुनेछ । किनभने आज हाम्रो पृथ्वीमा बिद्यूत र दूरसञ्चार सञ्जाल धेरै उन्नत र  बढी बिस्तार पनि भइसकेको छ । बितेको शताब्दीको तुलनमा आज हामी यस्तो आँधीको अगाडि अझ बढी बिवश रहेकाछौं । यस कारणले कि हाम्रो समस्त जीवन पद्धति आज इलेक्ट्रोनिक्समा आधारित बनिसकेको छ ।
  
सबैभन्दा पहिला यस्तो आँधीको शक्तिशाली बिद्यूतीय चुम्बक तरंगहरुको चपेटामा दूरसञ्चार उपग्रहरु पर्नेछन् जुन हाम्रो आधारभूत पूर्वाधार (इन्फ्रा स्ट्रक्टचर)का महत्वपूर्ण तत्वहरु हुन् । तिनमा बिद्यूत ग्रीडहरु, मोबाइल फोट नेटवर्क र नयाँ ४जी ५जी  नेटवर्कहरुमा ठूलो नोक्सान हुन सक्तछ । बृटेनमा यस प्रकारका बिनाशकारी बिद्यूतचुम्बकीय आँधीबाट हुने गरेको नोक्सानीको मूल्य ४००० अर्ब पाउण्ड आकलन गरिसकिएको छ । नयाँ सोलार मिशन सञ्चालबाट पहिलो पटक सूर्यको चुम्बकीय क्षेत्रहरु र वायुमण्डलीय तापमानहरुको प्रत्यक्ष नापजोख गर्नमा मद्दत पुग्नेछ । यसबाट बैज्ञानिकहरुलाई के थाहा हुन्छ र के बुझ्न मद्दत पुग्दछ भने सूर्यको वायुमण्डलमा कुन परिस्थिति हुँदा त्यहाँ बिषम सौर्य आँधीको उत्पत्ति या जन्म हुन्छ ?
 
अहिले हामी पृथ्वीबासीसँग सूर्यको चुम्बकीय क्षेत्रको प्रत्यक्ष अध्ययनको कुनै तरीका बिकसित भएको छैन । सौर्य आँधीका बारेमा अग्रिम चेतावनी दिन सौर्य बायुमण्लीय परिस्थितिका बारेमा चौबिसै घण्टा अनुगमन र निगरानी राख्न आवश्यक छ ।यस मिशनमा सूर्यबाट प्रभावित हुने किसिमका ऊर्जाउपकरणको प्रवाहका प्रभावहरुको सही सही आकलनबाट भबिष्यका अन्तरिक्ष यात्रा र यानहरुको अझ गहिराईमा पुग्नका लागि यो सौर्य अभियानको प्रभावकारी उपयोग गर्न सकिनेछ ।  यसै ताका सूर्य ग्रहणको प्रभाव र परिणतिको पनि गहिराईपूँर्ब अध्ययन हुन सक्को भने त्यसले पनि मानब जातिको सेवामा अझ थप योगदान पुग्ने कुरा पनि त्यत्तिकै महत्वको  छ र हुन्छ ।बैज्ञानिकरुको धयान यसतर्फ पनि जानु पर्दछ र जानसक्छ भन्ने अनुमान गरिदैछ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif