Thursday, 09 July, 2020    |    २०७७ असार २५ गते , विहीवार

साग खेलकूदमा नेपाल ४९ स्वर्ण पदककासाथ दोश्रो नै, आज ५ खेलमा प्रतिस्पर्द्धा, साँझ १३औं सागको समापन


२०७६ मंसीर २४ गते , मंगलवार प्रकाशित

    चलिरहेको तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको ४९ स्वर्ण पदकसहित दोस्रो स्थान कायमै रहेको छ।   हिजोे सोमबारको दिन खेल सकिँदासम्म ५१ रजत र ८३ कास्यसहित कूल १८३ पदक नेपालले जितेको छ। 


  पहिलो शीर्ष स्थानमा रहेको  भारतले १४३ स्वर्ण, ८३ रजत र ४३ कास्यसहित कूल २६९ पदक प्राप्त गरेको छ ।    त्यसैगरी श्रीलङ्काले  ३६ स्वर्ण, ७६ रजत र १०७ कास्यसहित तेस्रो, पाकिस्तानले ३० स्वर्ण, ३३ रजत र ४९ कास्यसहित चौथो, बङ्गलादेशले  १९ स्वर्ण, ३० रजत र ७५ कास्यसहित पाँचौँ, माल्दिभ्सले एक स्वर्ण र तीन कास्य जित्दै छटौँ तथा भूटानले  पाँच रजत तथा १३ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।    नेपालले हिजो बक्सिङमा दुई तथा पौडी र जुडोमा एक–एक स्वर्ण पदक जितेको थियो ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif