Saturday, 25 January, 2020    |    २०७६ माघ ११ गते , शनिवार

सामूहिक साकोसको नयाँ भवन शिलान्यास


२०७६ मंसीर २३ गते , सोमवार प्रकाशित

सामूहिक बचत तथा ऋण सहकारी संस्थाको नयाँ बन्ने भवन शिलान्यास भएको छ । 
एक कार्यक्रमका बीच गत गते शनिवार संस्थाका ज्येष्ठ सदस्यद्वय ज्ञानलाल भोमी र कृष्ण बहादुर दिवाकारले संयुक्त रुपमा नयाँ निर्माण हुन लागेको भवनको शिलान्यास गरेका हुन् । भक्तपुर नगरपालिका न.पा. ३, बोलाछेंमा यस अघि रहेको संस्थाको भवन २०७२ सालको विनासकारी भुकम्पबाट पूर्ण रुपमा क्षति भएको थियो ।

सोही स्थानमा भवन पुनः निर्माण गर्ने संस्थाको योजना अनुसार भवन शिलान्यास गरिएको संस्थाका उपाध्यक्ष तथा भवन निर्माण उपसमितिका संयोजक राजाभाई भेलेले बताए । 

करीब १ करोड ५० लाख रुपैयाँको बजेटमा यसै वर्ष निर्माण हुन लागेको उक्त भवनको शिलान्यास कार्यक्रममा संस्थाको संचालक समिति, लेखा सुपरिवेक्षण समिति, बिभिन्न उपसमितिहरु, संस्थापक सदस्यहरु, पूर्व अध्यक्ष, शेयर सदस्यहरु तथा कर्मचारी गरी ६० जना भन्दा बढिको उपस्थिति रहेको थियो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif